आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

भारतबाट दुईपटक मूल्य घटेर आउँदा पनि नेपालमा घटेन इन्धनको मूल्य, निगम भन्छ - घाटा छ, मूल्य घट्दैन

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन १८ २०७९
images
भारतबाट दुईपटक मूल्य घटेर आउँदा पनि नेपालमा घटेन इन्धनको मूल्य, निगम भन्छ - घाटा छ, मूल्य घट्दैन

निगमले अझैपनि मासिक १ अर्ब २७ करोड रुपैयाँ घाटा भइरहेको जनाउँदै मूल्य घटाउन नसकिने उल्लेख गरेको छ। 

images
images

काठमाडौं- भारतबाट नेपालमा आयात हुने पेट्रोलियम पदार्थको मूल्यमा दुईपटक रकम घटिसक्दा पनि नेपालमा मूल्य समायोजन नभएको भन्दै आलोचना भइरहेका बेला नेपाल आयल निगमले घाटा रहेकाले अहिले मूल्य घटाउन नसक्ने जनाएको छ। 

images
images
images

निगमले अझैपनि मासिक १ अर्ब २७ करोड रुपैयाँ घाटा भइरहेको जनाउँदै मूल्य घटाउन नसकिने उल्लेख गरेको छ। 

images
images

इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट सोमबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ७८ पैसा नाफा तथा डिजेलमा प्रतिलिटर नौ रुपैयाँ ३७ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर चार सय ९९ रुपैयाँ ५७ पैसा घाटा रहेको निगमका सहप्रवक्ता पुस्कर कार्कीले जानकारी दिए। निगमलाई मट्टितेल र हवाई इन्धनमा भने यसअघि नै नाफा रहेको छ। 

images
images

पेट्रोलियम पदार्थको बिक्रीबाट मासिक एक अर्ब २७ करोड घाटा हुने निगमको प्रक्षेपण छ। सरकारसँग लिइएको ऋण, आइओसीलाई तिर्नुपर्ने बक्यौता तथा मासिक एक अर्ब बढी घाटा भएकाले पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत नै राख्नुपरेको उनले बताए। 

निगमले आइओसीलाई पेट्रोलियम पदार्थ खरिद गरेबापत भुक्तानी गर्नुपर्ने रकम अपुग भएपछि सरकारसँग सात अर्ब र राष्ट्रिय वाणिज्य बैंकबाट तीन अर्ब ऋण लिएको थियो। निगमले अझै आइओसीलाई २३ अर्ब भुक्तानी गर्न बाँकी छ। 

यस्तो छ निगमको भनाइ -

petrol.jpg


प्रकाशित : बुधबार, साउन १८ २०७९१२:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend