शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

किया सेल्टोसमा अब ६ एयरब्याग

बिहीबार , साउन १९ २०७९
किया सेल्टोसमा अब ६ एयरब्याग

सरकारको यो नीतिका कारण कारको लागत बढ्ने भएकाले तत्काल यस्तो नियमलाई बाध्यकारी बनाउन नहुने आवाजसमेत उठेको छ। 

काठमाडौं- किया इन्डियाले आफ्नो मिडसाइज एसयूभीमा ६ वटा एयरब्याग राख्ने भएको छ। इात्रुृको सुरक्षाका लागि कम्पनीले सो एसयूभीमा ६ वटा एयरब्याग राखेर बजारमा ल्याउने बताएको हो। 

यात्रुको सुरक्षालाई ध्यानमा राखेन गाडीलाई थप सुरक्षित बनाउन कम्पनीले यस्तो निर्णय गरेका किया इन्डियाले जनाएको छ। कोरियाली कार उत्पादक कम्पनी कियाले हालै भारतमा सार्वजनिक गरेको नयाँ मोडल कारन्स सार्वजनिक गर्दा नै ६ एयरब्यागमा ल्याएको थियो।

कियाका लागि भारतीय बजार विश्वव्यापी रुपमै महत्पपूर्ण रहेको छ। त्यसैले पनि कियाले भारतीय बजारमा सार्वजनिक गर्ने कारलाई आकर्षक र सुरक्षित बनाउन प्रयत्न गरिरहेको छ। भारतमा बिक्री हुने कियाको कुल सवारीमा सेल्टोसको हिस्सा करिब ६० प्रतिशत रहेको छ। 

भारत सरकारले आगामी अक्टोबरदेखि सबैखाले प्यासेन्जर कारमा ६ वटा एयरब्याग अतिवार्य गर्ने नीति लिने तयारी गरेको छ। सरकारी तयारीअनुसार ८ जनासम्म यात्रु बोक्न सक्ने कारमा ६ वटा एयरब्याग अनिवार्य हुनुपर्ने छ। 

सरकारको यो नीतिका कारण कारको लागत बढ्ने भएकाले तत्काल यस्तो नियमलाई बाध्यकारी बनाउन नहुने आवाजसमेत उठेको छ। 

कियाका कार नेपाली बजारमा समेत राम्रो संख्यामा बिक्री हुँदै आएको छ। पछिल्लो समय बजारमा आएका सेल्टोस र सोनेटले एसयूभी तथा कम्प्याक्ट एसयूभी सेगमेन्टमा कियाले आफ्नो उपस्थिति बलियो बनाएको छ। नेपाली बजारमा कियाका कार कन्टिनेन्टल ट्रेडिङ प्रालिले बिक्री गर्दै आएको छ। 


प्रकाशित : बिहीबार , साउन १९ २०७९१०:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend