शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

भारतको मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाजमा आतंकवादी रहेको सूचनापछि दुई यात्रु ‍ओरालियो

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन १८ २०७९
भारतको मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाजमा आतंकवादी रहेको सूचनापछि दुई यात्रु ‍ओरालियो

कैलाली प्रहरीले आतंकवादी चढेको सूचना पठाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको हो।

काठमाडौं- काठमाडौंबाट भारतको मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाजमा आतंकवादी रहेको सूचना आएपछि उडान रोकेर यात्रु ओरालिएको छ।

जहाजबाट ओरालिएका यात्रुहरूलाई सुरक्षा चेकजाँच गरेर अहिले जहाजमा चढाइएको विमानस्ठल प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए।

बुधबार १:१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजमा आतंकवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालेर जाँच भइरहेको छ।

कैलाली प्रहरीले आतंकवादी चढेको सूचना पठाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको हो। जहाजमा रहेका सन्तोष न्याैपानेलाई जहाजबाट झारिएको उनले जनकारी दिए। लामिछानेसँगै एक जना महिलालाई पनि झारिएको उनकाे भनाइ छ।

जहाजमा १४१ जना यात्रु रहेका थिए।


प्रकाशित : बुधबार, साउन १८ २०७९०९:१२
  • सम्बन्धित विषय:

  • # बिजनेस न्युज
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend