आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

खाद्य तथा स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई २ करोडसम्मको सहुलियत कर्जा 

सूचना प्रविधि तथा औद्योगिक पार्क निर्माणको ऋणमा आधार दरमा २ प्रतिशत मात्र प्रिमियम

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन १८ २०७९
images
खाद्य  तथा स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई २ करोडसम्मको सहुलियत कर्जा 

यस्तो ऋणमा आधार दरमा २ प्रतिशतसम्म मात्र प्रिमियम थप हुने छ। यस्तो ऋण आयात गर्नेले भने पाउने छैनन्। 

images
images

काठमाडौं- खाद्य उत्पादन तथा स्वदेशी कच्चा पदार्थामा आधारित उत्पादनमूलक उद्योगले पाउने सहुलियत कर्जाको सीमा बढेको छ। 

images
images
images

मौद्रिक नीतिको घोषणा अनुसार नेपाल राष्ट्र बैंकले सर्कुलर जारी गर्दै यस्ता उद्योगले पाउने कर्जाको सीमा बढाढदिएको छ। नयाँ व्यवस्था अनुसार यस्ता उद्योगले २ करोड सम्मको कर्जा सहुलियत ब्याजदरमा पाउने छन्। 

images
images

खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्स्यपालन, निर्यातजन्य उद्योग, शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योग, हस्तकला तथा सीपमूलक उद्यम व्यवसाय सञ्चालनका लागि यस्तो ऋण पाउने छन्। 

images
images

यस्तो ऋणमा आधार दरमा २ प्रतिशतसम्म मात्र प्रिमियम थप हुने छ। यस्तो ऋण आयात गर्नेले भने पाउने छैनन्। 

त्यस्तै खेती किसानी तथा खाद्य उत्पादनका लागि ऋण माग भएमा  २० लाख सम्मको ऋणमा मोटर बाटो नपुगेको ठाउँको जग्गालाई पनि धितोका रुपमा बैंकहरूले स्वीकार गर्नुपर्ने पूरानै व्यवस्था कायम छ।

यस्तो ऋणको निवेदन परेको सात दिनुपभित्र स्वीकृत वा अस्वीकृत भएको जानकारी दिनुपर्छ। 

यही वर्षदेखि राष्ट्र बैंकले सूचना प्रविधि तथा औद्योगिक पार्कका लागि आवश्यक ऋणमा पनि आधार दरमा २ प्रतिशत बिन्दुले प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरेको छ। 

 

 


प्रकाशित : बुधबार, साउन १८ २०७९०६:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend