आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

हाफ पाइन्टमा सुनको टाँक राखेर तस्करी, विमानस्थलबाट समातिए भारतीय नागरिक

images
बुधबार, साउन १८ २०७९
images
हाफ पाइन्टमा सुनको टाँक राखेर तस्करी, विमानस्थलबाट समातिए भारतीय नागरिक

उनले रेडिमेड हाफ पाइन्टको मेटल बटनभित्र प्रत्येक बटनमा दुईवटा सुनका रिङलाई फिट गरेर ल्याउने प्रयास गरेका थिए।

images
images

काठमाडौं- बैंककबाट काठमाडौं आएका एक भारतीय नागरिक पाँचवटा हाफ पाइन्टमा सुनको टाँक राखेर तस्करी गर्न खोज्दा पक्राउ परेका छन्। 

images
images
images

मंगलबार दिउँसो १ बजेतिर थाई स्माइल एयरलाइन्सको उडानमार्फत काठमाडौं अवतरण गरेका भारतीय नागरिक डेभिड मक्करले सुन तस्करीमा नयाँ जुक्ति लगाएको फेला परेको हो। 

हाफ पाइन्टभित्र अस्वभाविक संख्यामा जडान गरिएका टाँक (टिप बटन) भित्र सा-सानो रिङ् बनाएर ४२६ ग्राम सुन लुकाइ ल्याएको पाइएपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले सुनसहित उनलाई नियन्त्रणमा लिएर भन्सार ऐन बमोजिमको कारवाही सुरु गरेको जनाएको छ। 

images
images

उनले रेडिमेड हाफ पाइन्टको मेटल बटनभित्र प्रत्येक बटनमा दुईवटा सुनका रिङलाई फिट गरेर ल्याउने प्रयास गरेका थिए। उनले तस्करी गरेको सुनको बजार मूल्य ३५ लाख रुपैयाँ रहेको भन्सार कार्यालयले जनाएको छ। 

images
images

'उनले आफू एक्लैले यो कसुर गरेका हुन् वा अन्य व्यक्तिको पनि संलग्नता छ भन्ने विषयमा थप अनुसन्धान प्रारम्भ गरिएको छ भने हाल निजलाई नेपाल प्रहरीको हिरासतमा राखिएको छ' भन्सार स्रोतले भन्यो। 

उनको कसुर प्रमाणित हुँदा नियन्त्रणमा लिइएको सुन जफत हुनुको साथै विगो बमोजिमको ३५ लाख रुपैयाँ नै जरिवाना र ३ महिनासम्म कैद सजाय हुन सक्नेछ।


प्रकाशित : बुधबार, साउन १८ २०७९०५:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend