आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

भारतीय ब्रान्ड हुबहु गर्ने नेपाली कम्पनी फ्रुट्स एग्रोको नाममा सात दिने सूचना 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन १८ २०७९
images
भारतीय ब्रान्ड हुबहु गर्ने नेपाली कम्पनी फ्रुट्स एग्रोको नाममा सात दिने सूचना 

उजुरीमा छानविन गर्दै विभागले नेपाली कम्पनीका नाममा सूचना जारी गरेको छ। 

images
images

काठमाडौं- भारतीय बजारमा चल्तीमा रहेको एमटीआर फुड्स इन्डियाका उत्पादनको नाम तथा लोगो नक्कल गर्दै नेपालमा उत्पादन तथा बजारीकरण गर्दै आएको कम्पनीमा नाममा उद्योग विभागले चेतावनीयुक्त सूचना जारी गरेको छ। 

images
images
images

विभागले यसअघि नै जारी गरेको सूचना अनुसार नेपाली कम्पनी फ्रुट्स एग्रो प्रडक्ट्स प्रालि झापाका नाममा सूचना जारी गरेको थियो। सो सूचना अनुसार पनि सम्पर्कमा नआएपछि फेरि सात दिने सूचना जारी गरेको छ। 

images
images

भारतीय कम्पनी एमटीटीआर फुड्सका विभिन्न नाम र लोगो चोरी गर्दै नेपाली कम्पनीले सफ्ट ड्रिंक्स उत्पादन गर्दै आएको भन्दै उजुरी परेको थियो। एमटीआरले विभागमा उजुरी गरेको थियो। 

images
images

उजुरीमा छानविन गर्दै विभागले नेपाली कम्पनीका नाममा सूचना जारी गरेको छ। 

नेपाली कम्पनीले एमटीआर फुड्सको बदाम ड्रिंक्सको हुबहु नक्कल गर्दै ब्रान्डिङ गरेको छ। नाम र लोगो तथा क्यानको रंगसमेत नक्कल गरिएको थियो। 

नेपालको यो कम्पनीले बदाम ड्रिंक्समात्र होइन अन्य ब्रान्डका लोगो पनि नक्कल गरेर विभिन्न हल्का पेय पदार्थ बजारीकरण गर्दै आएको छ। विभागले अहिले जारी भएको सूचना अनुसार सम्पर्कमा नआए उजुरीकर्ताको माग बमोजिम निर्णय हुने जानकारी गराएको छ। 

Screenshot 2022-08-03 105819.png

 


प्रकाशित : बुधबार, साउन १८ २०७९०५:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend