शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

टाटा मोटर्सको जुलाईको मासिक बिक्री अहिलेसम्मकै उच्च

मंगलबार, साउन १७ २०७९
टाटा मोटर्सको जुलाईको मासिक बिक्री अहिलेसम्मकै उच्च

गत महिना ५ हजार ४३३ वटा टाटा टिगोरको (कम्प्याक्ट सेडान) बिक्री भएको थियो। यो मासिक बिक्रि संख्या यसको सन् २०१७ को मार्च महिनामा बजारमा सार्वजनिक भएपछिको सबैभन्दा उच्च हो।

काठमाडौं- टाटा मोटर्सले गत जुलाई महिनाको आफ्नो बिक्री तथ्यांक सार्वजनिक गरेको छ। विगत एक वर्षदेखि उल्लेखनीयरुपमा भारतीय बजारमा बिक्री भइरहेको यस कम्पनीको बिक्री परिमाण उक्त महिना पनि उच्च रह्यो। 

यस वर्षको जुलाई महिनामा टाटा ब्राण्डका ४७ हजार ५०५ वटा गाडीहरु बिक्री भयो जब कि अघिल्लो वर्षको यसै महिना ३० हजार १८४ वटा गाडीहरु बिक्री भएको थियो। तुलनात्मक हिसाबले यो ५७ प्रतिशतको वृद्धि दर हो।

नेक्सन एसयूभी टाटा मोटर्सको सबैभन्दा बढी बिक्री हुने मोडेल हो र यो सम्पूर्ण गाडी उद्योगको सबैभन्दा वढी बिक्री हुने ५ गाडीहरुमध्ये एक पनि हो। यस एसयूभीको अलावा पन्च र एल्ट्रोजको बजार बिक्री अवस्था पनि निरन्तर रुपमा उत्साहजनक बन्दै गएको छ। परिणामस्वरुप टाटाका गाडीहरुको कुल बिक्रीको वृद्धिमा प्रत्येक महिना नयाँ÷ नयाँ रेकर्डको कायम भइरहेको छ।

गत महिना ५ हजार ४३३ वटा टाटा टिगोरको (कम्प्याक्ट सेडान) बिक्री भएको थियो। यो मासिक बिक्रि संख्या यसको सन् २०१७ को मार्च महिनामा बजारमा सार्वजनिक भएपछिको सबैभन्दा उच्च हो।

नेक्सन, टियागो र टिगोरको संरचनामा सन् २०२० को सुरुवातमा परिमार्जन भए पश्चात यी तिनै वटा गाडीहरुको बिक्री परिमाणमा ठूलो अभिवृद्धि भएको छ। गत वर्षको जुलाई महिनाको तुलनामा यस वर्ष सोही महिनामा नेक्सनको बिक्रीमा १०५ प्रतिशतले वृद्धि भएको छ। यस गाडीले टाटा ब्राण्डको कुल वृद्धिमा ६४ प्रतिशत हिस्सा ओगटेको छ।

सन् २०२१ को अन्तिमतिर बजारमा ल्याइएको पन्च माइक्रो एसयूभीको बिक्री दर पनि गत महिना सबैभन्दा उच्च रहेको छ। सुरक्षाको लागि उपाधि प्राप्त यो पाँच सिट क्षमताको गाडी अल्फा प्ल्याटफर्म मा आधारित दोश्रो मोडल हो। गत महिना ११ हजार ७ वटा पन्च बिक्री भएको थियो जसका कारण टाटा मोटर्सले भारतीय चारपांग्रे बजारको मासिक बिक्री परिमाणमा एक अर्को नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

टाटा मोटर्सको नेक्सन ईभी र टिगोर ईभीको गत महिना कुल बिक्री संख्या ४ हजार २२ रहेको छ। यो संख्या कम्पनीको आजसम्मकै विद्युतीय गाडीको क्षेत्रमा सबैभन्दा उच्च हो। आफ्नो विद्युतीय गाडीहरुको बढ्दो लोकप्रियताबाट उत्साहित हुदै कम्पनीले ठूलो ब्याट्री प्याक र लामो दूरी तय गर्नसक्ने क्षमता भएको नेक्सन ईभी म्याक्स बजारमा ल्याएको हो।


प्रकाशित : मंगलबार, साउन १७ २०७९१४:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend