शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

नेपालमा स्कोडा कुशाकको एक वर्ष : जसले बढायो स्कोडाको बिक्री साढे पाँच गुणा

आइतबार, साउन १५ २०७९
नेपालमा स्कोडा कुशाकको एक वर्ष : जसले बढायो स्कोडाको बिक्री साढे पाँच गुणा

त्यसयता गत आर्थिक वर्षभरि कुशाकप्रति ग्राहकको आकर्षण अनवरत गरिरह्यो।

काठमाडौं- नेपालको सबैभन्दा बढी रुचाइएको युरोपियन एसयूभी स्कोडा कुशाकले नेपालमा एक वर्ष पुरा गरेको छ। एमएडब्लू स्कोडाले गत वर्ष साउनमा कुशाकलाई सार्वजनिक गरेको थियो जसको लगत्तै यो नेपाली बजारमा ‘हिट’ सावित भयो। 

यसको ड्राइभिङ डाइनामिक्स, लुक्स, पर्फर्मेन्स, कम्फोर्ट र थ्रिलिङ टीएसआई इन्जिनका कारण स्कोडा नेपालले सार्वजनिक भएको १५ औं दिनमा ७५ वटा युनिक कुशाक एकै दिन डेलिभरी दिन सफल भएको थियो। त्यसयता गत आर्थिक वर्षभरि कुशाकप्रति ग्राहकको आकर्षण अनवरत गरिरह्यो।

कुशाक सार्वजनिक भएयता नेपालमा स्कोडाको विक्री गत वर्षले भन्दा ५६० प्रतिशतले बढेको छ। एक वर्षमा चार सय युनिट विक्री भएको स्कोडा कुशाकको मार्केट सेयर आफ्नो सेग्मेन्टमा १८ प्रतिशत रहेको छ। 

‘नेपालमा लन्च भएपछि कुशाकले स्कोडा ब्रान्ड र नेपाली अटो क्षेत्रमै आफूलाई सेग्मेन्टलाई परिभाषित गर्ने एसयूभीका रुपमा उभ्याउन सफल भएको छ,’ स्कोडा एमएडब्लूका कार्यकारी निर्देशक रौनक अग्रवालले भने, ‘कुशाकलाई माया गर्ने र स्कोडा ब्रान्डसँग बलियो सम्बन्ध स्थापित गर्ने सबै ग्राहकसँग कुशाकको एक वर्षे कोशेढुंगालाई मनाउन पाउँदा हामी हर्षित छौं। कुशाकलाई माया गर्ने सबैप्रति हामी आभार व्यक्त गर्न चाहन्छौं।’

स्कोडा कुशाक एम्बिसन, एक्टिभ र स्टाइल गरी तीन ट्रिम अनि क्यान्डी ह्वाइट, ब्रिलियन्ट सिल्भर, कार्बन स्टिल, हनि ओरेन्ज र टर्नेडो रेड गरी पाँच कलरमा उपलब्ध छ। नेपालमा स्कोडाको मूल्य ४९ लाख ९० हजारदेखि ७१ लाख ९० हजार रुपैयाँसम्म रहेको छ। 


प्रकाशित : आइतबार, साउन १५ २०७९११:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend