आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

जनार्दन शर्मा अर्थमन्त्रीमा पुन: नियुक्त, साढे ५ बजे सपथ

images
आइतबार, साउन १५ २०७९
images
जनार्दन शर्मा अर्थमन्त्रीमा पुन: नियुक्त, साढे ५ बजे सपथ

बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको प्रमाण नभेटिएको प्रतिवेदन समितिले दिएपछि उनलाई पुन: नियुक्त गरिएको हो। 

images
images

काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेकी हुन्।

images
images
images

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई राष्ट्रपति भण्डारीले मन्त्री पदमा नियुक्त गरेकी हुन्।

images
images

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार साढे ५ बजे शर्माको सपथ ग्रहण हुनेछ। 

images
images

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेर संसदीय छानबिन समिति गठन भएपछि शर्माले असार २२ गते पदबाट राजीनामा दिएका थिए। बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको प्रमाण नभेटिएको प्रतिवेदन समितिले दिएपछि उनलाई पुन: नियुक्त गरिएको हो। 


प्रकाशित : आइतबार, साउन १५ २०७९१०:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend