शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

रोल्स रोयसले २०३० देखि इलेक्ट्रिक कारमात्र बनाउने

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज १४ २०७८
रोल्स रोयसले २०३० देखि इलेक्ट्रिक कारमात्र बनाउने

प्रिमियम कार उत्पादकहरु बेन्टले, ज्यागुअर ल्यान्डरोभरले इलेक्ट्रिक कार मात्र उत्पादन गर्ने घोषणा गरिसकेको छन्।  जर्मन कार उत्पादक बीएमडब्लूको स्वामित्वमा रहेको रोल्स रोयसको पहिलो पूर्ण इलेक्ट्रिक कारको नाम स्पेक्टर हुनेछ। 

काठमाडौं- लक्जरी कार निर्माता रोल्स रोयसले २०३० देखि इलेक्ट्रिक कारमात्र उत्पादन गर्ने भएको छ। विलाशी कार निर्माता कम्पनीहरुले इलेक्ट्रिक कार बनाउने घोषणा गर्ने क्रम बढेको छ। यही क्रममा रोल्स रोयसले पनि इलेक्ट्रिक कार मात्र बनाउने घोषणा गरेको हो। 

प्रिमियम कार उत्पादकहरु बेन्टले, ज्यागुअर ल्यान्डरोभरले इलेक्ट्रिक कार मात्र उत्पादन गर्ने घोषणा गरिसकेको छन्।  जर्मन कार उत्पादक बीएमडब्लूको स्वामित्वमा रहेको रोल्स रोयसको पहिलो पूर्ण इलेक्ट्रिक कारको नाम स्पेक्टर हुनेछ। 

रोल्स रोयसले यो कार २०२३ को अन्त्यतिर बजारमा ल्याउने बताएको रोयटर्सले लेखेको छ। पहिलो कार २०२३ मा आएपनि कम्पनीका सबै उत्पादन इलेक्ट्रिफाइड हुन २०३० सम्म लाग्ने रोल्स रोयसका सीईओ टोस्र्टन मुलरले बताएका छन्। २०३० पछि रोल्स रोयसले कुनैपनि प्रकारका इन्टरलन कम्बस्चन इन्जिनयुक्त कारको उत्पादन तथा बिक्री नहुने उनको भनाइ छ। 

बीएमडब्लू आफैंले भने इलेक्ट्रिक कार मात्र उत्पादन गर्ने मिति तय गरिसकेको छैन। यद्यपी २०३० सम्म आफ्नो सम्पूर्ण उत्पादनको ५० प्रतिशत कार भने इलेक्ट्रिक बनाउने लक्ष्य राखेको छ। 

बीएमडब्लूको अर्को सहायक ब्रान्ड मिनिले भने यो दशकको अन्तसम्ममा आफ्ना सबै कार इलेक्ट्रिक मात्र हुने गत मार्चमा बताएको थियो। 

भारतीय अटोमोबाइल कम्पनी टाटाको स्वामित्वमा रहेको बेलायती ब्रान्ड ज्यागुअरले ज्यागुअर ल्यान्ड रोभर (जेएलआर) २०२५ सम्ममा पूर्ण इलेक्ट्रिक हुने बताइसकेको छ। फक्सवागनको लक्जरी ब्रान्ड बिन्टलेले र मर्सिडिज बेन्ज कार निर्माता डिमलरले २०३० बाट इलेक्ट्रिक कार मात्र उत्पादन गर्ने बताएका छन्। 


प्रकाशित : बिहीबार , असोज १४ २०७८०६:२९
  • सम्बन्धित विषय:

  • # राेल्स राेयस
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend