आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

मागभन्दा मूल्यवृद्धिले आयातमा बढोत्तरी

images
शनिबार, साउन १४ २०७९
images
मागभन्दा मूल्यवृद्धिले आयातमा बढोत्तरी

गत ववर्ष ७४ अर्बको खाद्यन्न आयात भएको छ भने १ खर्ब २० अर्ब रुपैयाँको वनस्पति घ्यू तेल आयात भएको छ। 

images
images

काठमाडौं- आर्थिक वर्ष २०७८/७९ मा १९ खर्ब २० अर्ब ४४ करोड रुपैयाँको वस्तु आयात भएको छ। अघिल्लो वर्षको तुलनामा आयातमा २४ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०७७/७८ मा १५ खर्ब ३९ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो। अर्थात् एक वर्षमा ३ खर्ब ८१ अर्ब रुपैयाँको आयात वृद्धि भएको छ। 

images
images
images

आयातको वृद्धिदरलाई सरकारले पछिल्लो समय धान्नै नसक्ने भनिरहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले समेत धान्नै नसक्नेगरी आयात बढेको बताइसकेका छन्। बढ्दो आयातका कारणले गर्दा मुलुकको भुक्तानी सन्तुलनमा असर देखिएको छ। 

images
images

आयातमा उच्च वृद्धि हुने तर विदेशी मुद्रा प्राप्तिका स्रोतमा खासै विस्तार नहुँदा मुलुकको भुक्तानी सन्तुलन निरन्तर ऋणात्मक भइरहेको छ। विदेशी मुद्राको सञ्चितिमा निरन्तर गिरावट हुँदै आएपछि सरकारले बैशाखदेखि निश्चित वस्तुको आयातमा रोक लगाएका थियो। यो प्रतिबन्धलाई भदौसम्म सारिएको छ। 

images
images

अर्थतन्त्र चलायमान भएकाले माग सिर्जना भएको र सोही कारणले आयातमा वृद्धि भएको तर्क निजी क्षेत्रबाट आइरहेको छ। तर भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले मागका कारण नभइ मूल्यवृद्धिका कारणले गर्दा यस्तो वृद्धि धेरै देखिएको छ। 

गएको वर्ष आयातमा धेरै वृद्धि भएका केही वस्तुको ट्रेन्ड हेर्दा वस्तुकै आयात धेरै भएकालेभन्दा पनि मूल्यमा भएको वृद्धिको प्रभाव बढी देखिएको छ। 

गएको वर्ष नेपालमा कूल १९ खर्ब २० अर्बको वस्तु आयात भएको थियो। यसको १५ प्रतिशत पेट्रोलियम पदार्थको हिस्सा छ। कूल आयातमा १५ प्रतिशत हिस्सा ओगट्ने पेट्रोलियम पदार्थकै आयातको वृद्धिदर सबैभन्दा धेरै देखिएको छ। 

अघिल्लो वर्षको तुलनामा पेट्रोलियम पदार्थको आयात ९० प्रतिशतले बढेको छ। अर्थात अघिल्लो वर्ष १ खर्ब ६० अर्बको पेट्रोलियम पदार्थ आयात भएकोमा गएको वर्ष ३ खर्ब ५ अर्बको आयात भएको छ। अर्थात् कूल १ खर्ब ४४ अर्बको आयात पेट्रोलियम पदार्थबाटै थपिएको छ। आयात बिलमा भएको वृद्धिको कूल ३७ प्रतिशत हिस्सा पेट्रोलियम पदार्थकै छ। अर्थात् गएको एक वर्षमा जति आयात वृद्धि भयो त्यसको ३७ प्रतिशत पेट्रोलियम पदार्थबाट थपिएको थियो। 

मूल्यमा पेट्रोलियम पदार्थको आयातको वृद्धिदर उच्च देखिएपनि मात्रामा भने उच्च वृद्धि देखिँदैन। विभागको तथ्यांक अनुसार डिजल २ प्रतिशत, पेट्रोल २४ प्रतिशत र खाना पकाउने ग्यासको मात्रा १२ प्रतिशतले मात्र बिक्री भएको छ। 

पेट्रोलियम पदार्थको औसत मूल्यमा वृद्धि हुँदा मात्रा भन्दा मूल्यकै कारणले  आयातको बिलमा देखिएको छ। गएको एक वर्षमा प्रति युनिट मूल्यमा डिजल ७८, पेट्रोल ७६ र खाना पकाउने ग्यास ६१ प्रतिशतले बढेको छ। 

बजारमा सिर्जना भएको मागलेभन्दा पनि अन्तर्राष्ट्रिय मूल्यवृद्धिकै कारणले गर्दा आयातका लागि धेरै रकम बाहिरिएको यो तथ्यांकले देखाउँछ। पेट्रोलियम पदार्थसँगै फलाम, गाडीका पार्टपुर्जा तथा ग्याजेट्सको पनि मूल्यवृद्धि भएको छ। समग्रमा धेरै आयात हुने सामग्रीको मात्राभन्दा पनि मूल्यवृद्धिका कारणले आयातमा उच्च वृद्धि देखिएको छ। 

गएको वर्ष व्यापार घाटा २३ प्रतिशतले बढेको छ। भन्सार विभागको तथ्यांक अनुसार १७ खर्ब २० अर्ब ४१ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको छ। अघिल्लो वर्ष १३ खर्ब ९८ अर्ब ७१ करोड रुपैयाँको व्यापार घाटा थियो। 

गएको वर्ष कूल वैदेशिक व्यापार २६ प्रतिशतले बढेर २१ खर्ब २० अर्ब ४७ करोड रुपैयाँ बराबरको पुगेको छ। अघिल्लो वर्ष यस्तो आँकडा १६ खर्ब ८० अर्ब रुपैयाँको थियो। 

गएको वर्ष सबैभन्दा धेरै आयात पेट्रोलियम पदार्थको भएको छ। भन्सार विभागका अनुसार गत वर्ष ३ खर्ब ८३ अर्ब ९२ करोड रुपैयाँको पेट्रोलियम पदार्थको आयात भएको छ। यस्तो आयातबाट सरकारले कर पनि उल्लेखनीय संकलन गरेको छ। पेट्रोलियमबाट सरकारले १ खर्ब ३१ अर्ब २० करोड रुपैयाँ कर संकलन गरेको छ। 

त्यस्तै दोस्रो आयात हुनेमा फलाम तथा स्टिल रहेको छ। गएको वर्ष नेपालमा १ खर्ब ६१ अर्ब ६६ करोड रुपैयाँको स्टिल आयात भएको छ। त्यस्तै धेरै आयात हुने अर्को वस्तु समूह हो मेसिनरी आइटम। गएको वर्ष १ खर्ब ४४ अर्ब रुपैयाँको मेसिनरी आयात भएको छ। 

गत ववर्ष ७४ अर्बको खाद्यन्न आयात भएको छ भने १ खर्ब २० अर्ब रुपैयाँको वनस्पति घ्यू तेल आयात भएको छ। 


प्रकाशित : शनिबार, साउन १४ २०७९०४:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend