आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

पूर्वअर्थमन्त्री शर्मामाथि गरिएको संसदीय छानबीनको प्रतिवेदन संसदमा पेश

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन १३ २०७९
images
पूर्वअर्थमन्त्री शर्मामाथि गरिएको संसदीय छानबीनको प्रतिवेदन संसदमा पेश

तोकिएको समयभित्र समितिले काम नसकेपछि प्रतिनिधिसभाले सात दिन समय थप गरेको थियो।

images
images

काठमाडौं- चालु आवको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानबीन गर्न बनेको संसदीय छानबीन विशेष समितिले आफ्नो प्रतिवेद शुक्रबार सभामुखलाई बुझाएको छ।

images
images
images

सङ्घीय संसद् नयाँ बानेश्वरमा अपराह्न समितिका सभापति लक्ष्मणलाल कर्णले प्रतिवेदन बुझाएको सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले जनाएको छ।

images
images

आजै बसेको प्रतिनिधिसभाको बैठकमा सभापति कर्णले उक्त प्रतिवेदन पेश गरे। समितिले विभिन्न पक्षसँग छलफल गरेर प्रतिवेदन तयार गरेको हो। समितिले पूर्वअर्थमन्त्री जनार्दन शर्मा, अर्थ मन्त्रालयका सचिव, बजेट निर्माणमा संलग्न उच्चपदस्थ कर्मचारीसँग बयान लिएको थियो। समितिलाई १० दिनभित्र प्रतिवेदन दिन भनिएको थियो।

images
images

तोकिएको समयभित्र समितिले काम नसकेपछि प्रतिनिधिसभाले सात दिन समय थप गरेको थियो। समितिको अन्तिम म्याद बिहीबार सकिएको थियो।

संसदीय छानबीन समिति गठन भएपछि अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिएका थिए। गत असार २२ गते बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले सो सम्बन्धमा छानबीन गर्न ११ सदस्यीय छानबीन विशेष समिति गठन गरिने घोषणा गरेका थिए। 

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७७ बमोजिम सांसद कर्णको सभापतित्वमा गठित समितिमा सांसद खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल (गौतम), प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सीताराम महतो, सरलाकुमारी यादव र सुरेन्द्रप्रसाद यादव रहेका थिए। रासस


प्रकाशित : शुक्रबार, साउन १३ २०७९०९:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend