शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

चीनले किन रोक्दैछ १० अर्ब डलर खर्चेर विद्युतीय कार बनाउने साओमीको योजना 

शुक्रबार, साउन १३ २०७९
चीनले किन रोक्दैछ १० अर्ब डलर खर्चेर विद्युतीय कार बनाउने साओमीको योजना 

कम्पनीले कार प्लान्ट स्थापना गर्न जमिन खरिददेखि प्रविधिमा दक्षता बढाउन नयाँ ईभी स्टार्टअप समेत किनिसकेको छ। 

काठमाडौं- चीनको चर्चित स्मार्टफोन निर्माता कम्पनी साओमीले विद्युतीय कार उत्पादन गर्ने योजना बनायो। त्यहीअनुसारले कम्पनीले आफ्नो योजनासहितको खाका बुझाएपनि हालसम्म सरकारले सो सोजना स्वीकृत गरेको छैन। बरु विभिन्न अवरोधन सृजना गरिएको छ। 

साओमी कर्पले विद्युतीय कार उत्पादन गर्न १० अर्ब अमेकिरी डलर लगानी गर्ने घोषणा गरेको थियो। बेइजिङमा हेडक्वाटर रहेको साओमीले पेश गरेको योजनामा चीनको नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसनले सवारी उत्पादनको लाइसेन्सलगायन प्रक्रियामा अवरोध गरिरेको समाचार बाहिर आएको हो।

चीन समकालिन विश्वको सबैभन्दा धेरै विद्युतीय कार उत्पादक गर्ने कम्पनी भएको देश हो। चीनमा विगत लामो समयदेखि बीवाईडी, नियोलगायत कम्पनीहरुले विद्युतीय कार उत्पादन गर्दै आएका छन्। 

साओमीका अर्बपति सहसंस्थापक ली जुन जसरी पनि विद्युतीय कार उत्पादन गर्ने योजनामा छन्। स्मार्टफोन उत्पादनका क्रममा विकास भएका र नयाँ प्रविधिलाई उच्चतम प्रयोग गरेर उत्कृष्ट विद्युतीय कार बजारमा ल्याउने उनको योजना छ। साओमीले जति ढिलो लाइसेन्स पाउँछ उनसलाई विद्युतीय कार बजारमा प्रतिस्पर्धा गर्न त्यति नै कठीन हुँदै जानेछ। 

चीनले विद्युतीय कारको क्षेत्रमा नयाँ उचाइ लिइसकेको छ। अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्लाले समेत चीनमा प्लान्ट स्थापना गरेर कार उत्पादन गरि चीन तथा युरोपमा बिक्री गर्दै आएको छ। चीनमा गत वर्ष विद्युतीय कार उत्पादन गर्ने कम्पनी धेरै भएको बसह समेत उठेको थियो। साओमीको लाइसेन्स रोकिनुमा यो पनि एउटा कारण भएको अनुमान गरिएको छ। 

सरकारी स्वीकृति नपाउँदा साओमीको विद्युतीय कार उत्पादनको क्षेत्रमा गन सकिने सबै काम रोकिएको छ। साओमीले विद्युतीय कार डिभिजनमा १ हजारभन्दा बढीले काम गर्दै आएका थिए। तर अहिले उनीहरु काम बिहिनजस्तै बनेका छन्।

साओमी २०२४ देखि नै विद्युतीय कार बिक्री गर्ने तयारीका साथ काम गरिरहेको थियो। कम्पनीले कार प्लान्ट स्थापना गर्न जमिन खरिददेखि प्रविधिमा दक्षता बढाउन नयाँ ईभी स्टार्टअप समेत किनिसकेको छ। 


प्रकाशित : शुक्रबार, साउन १३ २०७९०८:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend