शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

१.८ अर्ब डलर लगानीमा विद्युतीय कार उत्पादन प्लान्ट बनाउने टोयोटाको घोषणा 

शुक्रबार, साउन १३ २०७९
१.८ अर्ब डलर लगानीमा विद्युतीय कार उत्पादन प्लान्ट बनाउने टोयोटाको घोषणा 

सोलिड स्टेट ब्याट्रीमा भने टोयोटाले १३ सयभन्दा बढी पेटेन्ट दर्ता गराएर राखेको छ। यो प्रविधि अलिक महँगो रहेको छ।

काठमाडौं- हाइब्रिड कारमा बढी केन्द्रित हुँदै आएको जापानी कार उत्पादक कम्पनी टोयोटा मोटर कर्पले विद्युतीय कार उत्पादनका लागि १ अर्ब ५० करोड अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ। टोयोटाले उक्त लगानी इन्डोनेसियामा गर्ने बताएको छ। 

इन्डोनेसियाका अर्थमन्त्रीले बुधबार टोयोटाले विद्युतीय कार उत्पादन प्लान्ट स्थापना गर्न १.८ अर्ब डलर लगानी गर्ने घोषणा गर्ने बताएका हुन्। टोयोटाले विद्युतीय कारमात्र उत्पादनका लागि सो रकम आगामी ५ वर्षभित्र लगानी गरिसक्ने छ। 

दक्षिणपूर्वी एसियाली मुलुक इन्डोनेसिया विद्युतीय कार उत्पादनको हव बन्नेतर्फ उन्मुख रहेको छ। भारतले कार आयातमा कर नघटाउने तर कार उत्पादन मै गर्न गरिमात्र आउन दिने भएपछि अमेरिकी कार उत्पादक कम्पनी टेस्लाका सीईओ एलन मस्कले केही महिनाअघि इन्डोनेसिया गएका थिए। सम्भवतः टेस्लाले पनि एसियन प्लान्ट इन्डोनेसियामै स्थापना गर्नेछ। 

टोयोटासँगै इन्डोनेसियमा हुन्डाई तथा एलजी इनर्जी सोलुसनले समेत कार तथा ब्याट्री उत्पादन गर्न लगानी गर्ने बताइसकेका छन्। एसियाली बजारमा विद्युतीय कारको माग उल्लेख्य रुपमा बढ्ने देखिएकाले लगानीको घोषणा भएको टोयोटाले जनाएको छ। 

संसारभरका ठूला कार उत्पादकहरु पूर्णतः विद्युतीय सवारी उत्पादनतर्फ लाग्दा जापानी कार उत्पादक टोयोटा भने हतार गर्न नहुने पक्षमा दर्बिलो गरि उभिएको भन्दै चर्चा हुने गरेको छ। टोयोटाले केही समयअघि बेलायतमा भएको जलवायु सम्मेलनमा २०४० पछि विद्युतीय कार मात्र उत्पादन गर्ने सम्झौतामा समते हस्ताक्षर गरेको थिएन। 

केही समयअघि टोयोटा मोटर कर्पोरेसनका अध्यक्षले जापानका प्रधानमन्त्रीलाई भेटेर हाइब्रिडलाई नै प्राथमिकतामा राख्न आग्रह गरेका थिए। त्यहीअनुसार टोयोटाले भारतलगायत देशहरुमा हाइब्रिड कार उत्पादनलाई प्राथमिकता दिएको छ। 

तर पछिल्लोपटक भने टोयोटा पूर्णविद्युतीय कार उत्पादनलाई पनि प्राथमिकतामा राख्ने नीतिमा रहेको छ। टोयोटाले हालसम्म एउटामात्र विद्युतीय कार सार्वजनिक गरेको छ। त्यसमा पनि विभिन्न समस्या देखिएर कम्पनीले हालैमात्र फिर्ता बोलाएको थियो। यो मोडललाई परिमार्जन गर्दै नयाँ विद्युतीय कार ल्याउने गरि इन्डोनेसियामा विद्युतीय कार उत्पादन गर्न सो लगानीको घोषणा गरेको हो।  

एकैपटक विद्युतीय कारमा जानभन्दा हाइब्रिड हुँदै क्रमिक रुपमा पूर्णविद्युतीयमा जानु उपयुक्त र उपभोक्ताका लागि समेत लाभदायक हुने जिकिर टोयोटाले गर्दै आएको छ। हाइब्रिड प्रविधिमा कार उत्पादन गरेर बिक्री गर्ने लक्ष्यसहित भारतमा टोयोटा र सुजुकीले सन् २०१७ देखि साझेदारी गरेका हुन्। यो साझेदारी अफ्रिकामा समेत लागु हुनेछ।

टोयोटाले २०३० सम्म विद्युतीकरण परियोजनामा ६० अर्ब डलर लगानी गर्ने घोषणा गरेपनि उसले हाइब्रिड कारलाई नै बढी प्राथमिकता दिने नीति लिएको छ। तर विश्व कार बजार पूर्ण विद्युतीयमा जाँदा संसारकै ठूलो कार उत्पादक पनि दबाबमा पर्नु स्वभाविक हो। 

सोलिड स्टेट ब्याट्रीमा भने टोयोटाले १३ सयभन्दा बढी पेटेन्ट दर्ता गराएर राखेको छ। यो प्रविधि अलिक महँगो रहेको छ। टोयोटाले २०२५ मा सोलिड स्टेट ब्याट्रीमा आधारित कार बजारमा ल्याउने बताएको छ। 


प्रकाशित : शुक्रबार, साउन १३ २०७९०५:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend