शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

नेपाल टेलिकमको एसईई अफर : निःशुल्क सिम वितरण हुने

बुधबार, साउन ११ २०७९
नेपाल टेलिकमको एसईई अफर : निःशुल्क सिम वितरण हुने

त्यसैगरी सोही अवधिमा ६० एमबी डाटा पनि चलाउन सकिने र  हाललाई यो अफर तीन महिनासम्म उपलब्ध हुने कम्पनीले जनाएको छ।

काठमाडौं- नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई अफरसहितको निःशुल्क सिम उपलब्ध गराउने भएको छ। उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट निःशुल्क उपलब्ध हुने कम्पनीले जनाएको छ। विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरु उपलब्ध गराउने व्यवस्था गरिएको पनि टेलिकमले जनाएको छ।

नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरुले प्रवेश पत्र वा मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरु परिचय पत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्ने छ। अफर सिममा टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १०० एमबी डाटा प्रयोग गर्न सकिने  टेलिकमले जनाएको छ।

सोहीअनुसार ३० दिनसम्म ३ हजार एमबी डाटा, ३०० मिनेट टकटाइम र ३०० वटा एसएमएसको सुविधा प्राप्त हुने टेलिकमले जनाएको छ। प्याकमा  ५० रुपैयाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुने टेलिकमले जनाएको छ।
 
नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरुले सिम कार्डमा मेन व्यालेन्सको रुपमा उपलब्ध हुने ९.८ रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् भने यो बाहेक ४० मिनेट टक टाइम र २० वटा एसएमएस सहितको सुविधा एक महिनाभित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सक्नेछन्।

त्यसैगरी सोही अवधिमा ६० एमबी डाटा पनि चलाउन सकिने र  हाललाई यो अफर तीन महिनासम्म उपलब्ध हुने कम्पनीले जनाएको छ।


प्रकाशित : बुधबार, साउन ११ २०७९११:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend