शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

यस्तो रह्यो टाटा नेक्सन ईभीको १ वर्षे यात्रा, इजी एपबाट गाडी चार्ज गर्न सकिने   

बुधबार, साउन ११ २०७९
यस्तो रह्यो टाटा नेक्सन ईभीको १ वर्षे यात्रा, इजी एपबाट गाडी चार्ज गर्न सकिने   

यो गाडीलाई नेपालकै पहिलो एवं स्मार्ट ईभी चर्जिङ एप- ‘इजी’ एपमार्फत चार्ज गर्न सकिछ। यो एपको प्रयोग हाल १ हजार भन्दा बढी परिवारहरुले गरिरहेका छन्।

काठमाडौं- सिप्रदी ट्रेडिङ प्रालिले टाटा नेक्सन ईभीको नेपाली बजारमा बिक्री सुरु गरेको वर्ष पूरा गरेको छ। यस ईभीको उत्पादन भारतको अग्रणी विद्युतीय गाडी निर्माता टाटा मोटर्सले गर्दै आएको छ। 

नेपालमा विद्युतीय गाडीको अवलम्बनलाई नयाँ गति दिने उद्देश्यले सिप्रदीले नेक्सन ईभी नेपालमा ल्याएको थियो। एक वर्षको छोटो अवधिमै यसले आफूलाई एक अत्यन्त लोकप्रिय विद्युतीय गाडीको रुपमा स्थापित गरेको छ। मुलुकको विद्युतीय गाडीको कुल बजारको बढी अंश नेक्सन ईभी एक्लैले ओगटेको छ।

यो उल्लेखनीय  सफलताको प्रमुख कारण आकर्षक वनावट, समुन्नत जिपट्रन प्रविधि, न्यून संचालन खर्च, उत्कृष्ट कार्यक्षमता आदि हुन्। यसैगरी द्रुत चार्जिङ क्षमता, लामो ब्याट्री आयु र समुच्च सुरक्षाका विशेषताहरुबाट यो सुसज्जित छ। ‘फास्ट चार्जिङ’ र ‘स्लो चार्जिङ’ दुवैको लागि चर्जिङ स्टेसनको वृहत सञ्जाल एवं अत्याधुनिक सुविधा सम्पन्न सेवा केन्द्रले गर्दा पनि नेक्सन इभीले आफूलाई सर्वोत्कृष्ट साबित गर्न सक्षम भएको कम्पनी दाबी छ। 

यो गाडीलाई नेपालकै पहिलो एवं स्मार्ट ईभी चर्जिङ एप- ‘इजी’ एपमार्फत चार्ज गर्न सकिछ। यो एपको प्रयोग हाल १ हजार भन्दा बढी परिवारहरुले गरिरहेका छन्।

दक्ष कर्मचारी एवं भौतिक संशाधनहरुको प्रभावकारी परिचालन गरि सिप्रदीले नेक्सन ईभीका हरेक ग्राहकहरुले घरमा चार्जर जडान गर्ने प्रक्रिया पनि सञ्चालन गरिरहेको छ। यस कम्पनीको १६ डीसी फास्ट चार्जरको सबैभन्दा व्यापक संजाल रहेको छ भने यसले हालसम्म होटेल, अस्पताल, बैंक, मल र रेस्टुरेन्ट जस्ता सार्वजनिक स्थानहरुमा १२० भन्दा बढी एसी चार्जरहरु जडान गरेको छ।

नेक्सन ईभीको नेपालमा विक्री वितरण भएको प्रथम वर्ष पूरा भएको अवसरमा यसको ग्राहकहरुलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरुको आयोजना गर्दैछ। यस्ता कार्यक्रमहरुले उनीहरुको यस गाडीसँगको सम्बन्धलाई अझ विशेष बनाउने कम्पनीले विश्वास राखेको छ।


प्रकाशित : बुधबार, साउन ११ २०७९०९:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend