शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

भन्सार छलेका सामग्रीबाट पाँच करोड राजस्व असुल

images
बुधबार, साउन ११ २०७९
images
भन्सार छलेका सामग्रीबाट पाँच करोड राजस्व असुल

अन्य जिल्लाका नाकाबाट भित्रिएका सामग्रीसमेत बरामद गरिएको हो।  

images
images

कावासोती- भन्सार छलेर ल्याइएका सामग्री बरामदबाट पाँच करोड ३६ लाख रुपैयाँ राजस्व असुल गरिएको छ। जिल्ला प्रहरी कार्यालयले नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमार्फत गत आर्थिक वर्षमा भन्सार छलेर ल्याइएका सामग्री बरामद गरी सो राजस्व असुल गरेको हो। 

images
images
images

नवलपुरका प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनका अनुसार गत आवमा भन्सार छलेर ल्याइएका सामग्री भन्सार चलानमार्फत उक्त राजस्व संकलन भएको हो। प्रहरीले भन्सार छलेर ल्याएका सामग्री नियन्त्रणपछि थप कारबाहीका लागि भन्सार चलान गरेको छ।

images
images

बरामद गरिएका सामग्री सबैजसो पश्चिम नवलपरासी र रुपन्देहीका विभिन्न नाकाबाट भन्सार छलेर ल्याउने गरेको पाइएको प्रहरी उपरीक्षक महर्जनले बताए। नवलपुरमा एकमात्रै त्रिवेणी नाका छ। अन्य जिल्लाका नाकाबाट भित्रिएका सामग्रीसमेत बरामद गरिएको हो।  

images
images

प्रहरीलेको गस्तीका क्रममा भन्सार नतिरी नेपाल भित्र्याइएका ५९५ थान मोबाइल, कपडा, पाटपुर्जा, किरानाका सामान, युरिया मल, चिनी, भाँडावर्तनलगायतका सामग्री बरामद गरी भन्सार चलान गरी राजस्व असुल गरेको हो।

प्रहरीले नदीजन्य पदार्थ चोरी निकासीमा संलग्न ४४४ साधनका चालकलाई कारबाही गरेको छ। जरिवानावापत ७९ लाख रुपैयाँ राजस्व असुल गरिएको महर्जनले बताए। रासस


प्रकाशित : बुधबार, साउन ११ २०७९०५:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend