शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

ढल फुटेर जलमग्न बन्यो धोबीखोला कोरिडोर

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, साउन १० २०७९
images
ढल फुटेर जलमग्न बन्यो धोबीखोला कोरिडोर

भूमिगत गरिएको विद्युतको लाइनका कारण पनि ढल व्यवस्थापनमा समस्या भएको

images
images

काठमाडौं- काठमाडौं महानगरपालिका-५ स्थित रुद्रमती किनार अर्थात् धोबीखोला कोरिडोर एक हप्तादेखि ढल फुटेर जलमग्न भएको छ। ढल फुटेर सडक जलमग्न भएका कारण सवारी र पैदलयात्रामा समस्या भएको एक हप्तामा पनि यसको व्यवस्थापनमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन।

images
images
images

ढल फुटेर रुद्रमती (धोबीखोला) मा मिसिन थालेको छ। ढल जाम भएर घर–घरमा छिर्न थालेको स्थानीयवासी रमेश डङ्गोलले गुनासो गरे।धोबीखोला कोरिडोर बनाउनुअघि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले ढल बिच्छ्याएको थियो।

images
images

त्यसबेला गुणस्तरीय काम नभएकाले प्रत्येक वर्ष वर्षाद्का सयमा यो सडकमा समस्या हुने गरेको स्थानीयवासीको भनाइ छ। वडाध्यक्ष वीरेन्द्र प्रजापति कालोपुलसम्म ढल जाम हुँदा यस क्षेत्रमा समस्या भएको बताउँछन्। यस विषयमा अधिकार सम्पन्न बागमती समितिका इञ्जिनीयरलाई जानकारी गराएर स्थलगत रुपमा पनि देखाएको उनले जानकारी गराए।

images
images

अधिकार सम्पन्न बागमतीलाई देखाएको एक हप्ता पूरा भए पनि समस्या समाधानका लागि कुनै पहल भने भएको छैन। अधिकार सम्पन्न बागमतीले दुई दिनसम्म प्राविधिकलाई समस्या समाधानका लागि खटाएको जनाएको छ।

समितिका सूचना अधिकारी कमल अर्याल त्यस क्षेत्रमा भूमिगत गरिएको विद्युतको लाइनका कारण पनि ढल व्यवस्थापनमा समस्या भएको बताउँछन्। वर्षाद्‍मा खोलामा पस्न नसकिने र ढलमा बालुवा भरिएकाले पनि पानी बाहिर आएको उनले सुनाए। रासस


प्रकाशित : मंगलबार, साउन १० २०७९०९:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend