शनिबार, वैशाख १३ गते २०८२    
शनिबार, वैशाख १३ २०८२
images
images

फेरि ठूला लगानीकर्ताकै चलखेल : १८४८ मा किनेर २१३२ मा बेच्दै बाहिरिँदा सेयर बजार पुन: घट्यो

'सधैँ उतारचढावको भुङ्‍ग्रोमा परिरहन्छन् साना लगानीकर्ता'

images
मंगलबार, साउन १० २०७९
images
फेरि ठूला लगानीकर्ताकै चलखेल : १८४८ मा किनेर २१३२ मा बेच्दै बाहिरिँदा सेयर बजार पुन: घट्यो
images
images

काठमाडौं- मौद्रिक नीतिपछि विश्वासयोग्य वातावरण बनेको भनिएको सेयर बजारमा फेरि पनि ठूला लगानीकर्ताकै चलखेल देखिएको छ।ठूला लगानीकर्ताले बजारको पछिल्लो उतारचढावमा ३०० अ‌ंक बढाएर पुन: बाहिरिन थालेपछि बजार फेरि ओरालोतिरै लागेको छ।

images
images
images

२०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेर ओरालो यात्रामा लागेपछि सेयर बजार गएको असार ९ गते १८४८ सम्म झरेको थियो। विश्लेषकहरूका अनुसार १८४८ देखि १९०० आसपास हुँदासम्म ठूला लगानीकर्ताले सेयर किन्न सुरु गरिसकेका थिए। बढेको बजारमा साना लगानीकर्ता हौसिँदा बजार २१३२ सम्म पुगेको थियो।

images
images

गएको शुक्रबार मौद्रिक नीति आएपछि यो साता आइतबार ६१.०५ अंकले र सोमबार ५४.४५ अंकले बढेको थियो। जसलाई मौद्रिक नीतिको प्रभावका रुपमा अर्थ्याइएको थियो। बजारमा सोमबार कारोबारको अन्तिम समयतिर नै ठूला लगानीकर्ताहरूले सेयर बिक्रीमा राखिसकेका थिए। त्यसको परिणाम पुन: मंगलबार देखिएको छ।

images
images

मंगलबार ४४.८० अंकले घटेर बजार २०८८.१६ बिन्दुमा झरेको छ। जहाँ ३ अर्ब ७० करोड रुपैयाँको कारोबार भएको छ। 

गएको भदौको उच्च अंकदेखि घट्दो बजारमा प्रवेश गरेर उताचढाव भइरहँदा ठूला लगानीकर्ताहरूले निरन्तर चलखेल गरिरहेका छन्। घट्दो ट्रेन्डको बजारमा केही दिन उछाल ल्याउँदै बाहिरिने गरिरहँदा बजारले विश्वासको स्थायी आधार भेट्न नसकेको विश्लेषकहरू बताउँछन्।

विश्लेषकहरूले मौद्रिक नीतिमार्फत लगानीकर्ताले विश्वस्त हुने केही आधार भेटे पनि बजार अझै उचाइमा जाने अन्य सूचकहरू नरहेको बताइरहँदा बजारमा चलखेल देखिएको हो। विश्लेषकहरू अहिलेको अवस्थामा बजारलाई उतारचढावमा राख्दै २५ सय बिन्दुको हाराहारीमा पुर्‍याउने देखिएको भए पनि पहिलेको उच्च बिन्दु भेट्न भने समय लाग्ने बताउँछन्। 

यस्तोमा विभिन्न समय अनेक कारणहरू दिँदै ठूला लगानीकर्ताको चलखेल चलिरहँदा सधैँ त्यसको भुङ्‍ग्रोमा परिरहन्छन् साना लगानीकर्ता परिरहेको विश्लेषकहरू बताउँछन्। बजारले समाधानको स्थायी आधार नभेट्दासम्म मुस्किल हुने उनीहरूको भनाइ छ। तरलता अभाव, ब्याजदरमा आउने वृद्धिले दबाब नै भएकोले अझै बजार उतारचढावमै रहने विश्लेषकहरू बताउँछन्।


प्रकाशित : मंगलबार, साउन १० २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend