शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

कोरोना सुरु भएयता नेपाल भित्रियो ४ अर्ब १९ करोडको फेस मास्क

images
मंगलबार, साउन १० २०७९
images
कोरोना सुरु भएयता नेपाल भित्रियो ४ अर्ब १९ करोडको फेस मास्क

नेपालले पछिल्लो तीन आर्थिक वर्षमा नै ४ अर्ब १९ करोड रुपैयाँ बराबरको फेस मास्क भित्र्याएको छ।

images
images

काठमाडौं- कोरोना महामहारी सुरु भएयता फेसमास्क आयात बढ्दो थियो। कोरोना महामारीसँगै विश्वभर नै फेस मास्कको संकट भएको थियो। संकट सुरु भएसँगै नेपालमा समेत केही व्यवसायीले मेसिन ल्याएर मास्क बनाएका थिए।

images
images
images

कोराना महामहारीमा प्रतिपिस २०-३० रुपैयाँसम्म पुगेको मास्क अहिले प्रतिपिस ३ रुपैयाँको हाराहारीमै पाइन्छ। विस्तारै मास्क आयात पनि घट्न थालेका छ।

images
images

नेपालले पछिल्लो तीन आर्थिक वर्षमा नै ४ अर्ब १९ करोड रुपैयाँ बराबरको फेस मास्क भित्र्याएको छ। कोरोना महामारी सुरु भएको वर्ष २०७६/०७७ मा नेपालले कुल ३५ करोड ८० लाख ६ हजार रुपैयाँ बराबरको ७३ हजार १ सय ९९ केजी फेस मास्क आयात गरेको थियो। उक्त वर्ष मास्क आयातबाट सरकारले ७ करोड ६१ लाख ९० हजार राजस्व समेत संकलन गरेको थियो।

images
images

कोरोना महामहारीको दोस्रो तथा तेस्रो लहर फैलिएको वर्ष २०७७/०७८ मा भने नेपालले ३५ करोड ९८ लाख २९ हजार ३ सय १६ पिस फेस मास्क आयात गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

उक्त वर्ष नेपालले आयातमा २ अर्ब ५७ करोड ६५ करोड ५१ लाख रुपैयाँ  खर्च गरेको भन्सारको तथ्यांकमा उल्लेख छ। सरकारले सोही आर्थिक वर्षमा मास्क आयातबाट २१ करोड ०१  लाख ३९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

यसैगरी गत आर्थिक वर्ष २०७८/०७९ मा भने अघिल्लो आर्थिक वर्षका भन्दा केहीकम फेस मास्क आयात भएको छ।

भन्सार विभागमा अनुसार २०७८/०७९ मा १५ करोड ३ लाख ५७ हजार २ सय ७४ पिस फेस मास्क आयात गरेको छ। विभागका अनुसार आयातमा १ अर्ब २५ करोड ९७ लाख ९८ हजार रुपैयाँ खर्च भएको छ। साथै सरकारले राजस्वबाट ८ करोड ६० लाख ८० हजार रुपैयाँ संकलन गरेको छ।


प्रकाशित : मंगलबार, साउन १० २०७९१०:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend