शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

पूर्वअर्थमन्त्री शर्मामाथिको अनुसन्धानमा विधिविज्ञान प्रयोगशालाको विवरणमा आधारित रहेर अध्ययन हुँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, साउन १० २०७९
images
पूर्वअर्थमन्त्री शर्मामाथिको अनुसन्धानमा विधिविज्ञान प्रयोगशालाको विवरणमा आधारित रहेर अध्ययन हुँदै

बजेट निर्माणका दिन गत जेठ १४ गते मध्यरात अनाधिकृत व्यक्तिलाई संलग्न गराइएको र करको दर हेरफेर गरिएको आरोप तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको छ।

images
images

काठमाडौं- संसदीय विशेष छानबीन समितिले बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नताका विषयमा नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाबाट प्राप्त विवरणमा आधारित भएर अध्ययन सुरु गरेको छ।

images
images
images

बजेट निर्माणका बेला अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भनी अध्ययन गर्न गठित छानबीन समितिले अर्थ मन्त्रालयमा डिलिट गरिएको भनिएको सीसीटीभी फुटेजको वास्तविकता पत्ता लगाउन विधि विज्ञान प्रयोगशाला पठाएको थियो। 

images
images

मंगलबार बिहान बसेको समितिको बैठकमा प्रयोगशालाबाट प्राप्त विवरणका सम्बन्धमा अध्ययन सुरु गरिएको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए।

images
images

'प्राविधिक विषयमा थप जानकारी लिन हामीले सम्बन्धित अधिकारीलाई बोलाएका छौँ। समितिको बैठक अपराह्न ४ बजे पुनः बस्नेछ' उनले भने। 

बजेट निर्माणका दिन गत जेठ १४ गते मध्यरात अनाधिकृत व्यक्तिलाई संलग्न गराइएको र करको दर हेरफेर गरिएको आरोप तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको छ। सोही आरोपमाथि छानबिन गर्न संसदीय विशेष छानबिन समिति गठन गरिएको हो। रासस


प्रकाशित : मंगलबार, साउन १० २०७९०६:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend