शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

नाडा अटो शो स्थगित

आइतबार, साउन ८ २०७९
नाडा अटो शो स्थगित

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौमा आयोजना गर्ने गरी तयारी गरेको यस वर्षको ‘नाडा अटो शो-२०२२’ स्थगन भएको छ।

नाडा कार्यसमितिको आइतबार बसेको बैठकले अटो शो केही समयका लागि स्थगन गर्ने निर्णय गरेको नाडाका उपाध्यक्ष सुनिल रिजालले बताए।

नाडाले आगामी भदौ ७ गतेदेखि १२ गतेसम्म काठमाडौंमा अटो शो आयोजना गर्ने तयारी गरेको थियो। सरकारले साउन १ गतेदेखि सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटाउने आश्वासनअनुसार अटो शो को तयारी थालेको नाडाले प्रतिबन्ध लम्बिएसँगै अटो शो स्थगन गरेको हो।

देशमा विदेशी मुद्राको सञ्चितिमा कमी आएको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साउन १ गते राजपत्रमा सूचना प्रकाशन नै गरी १५० सीसी क्षमतामाथिका मोटरसाइकल तथा स्कुटर र चार पाङ्ग्रे सवारी साधन आयातको प्रतिबन्ध भदौ १४ गतेसम्म लम्ब्याएको छ।

 


प्रकाशित : आइतबार, साउन ८ २०७९१२:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend