शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

हरित उर्जाका उत्पादनका क्षेत्रमा नेपाल र बेलायतको निजी क्षेत्रबीच सहकार्य

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज १३ २०७८
हरित उर्जाका उत्पादनका क्षेत्रमा नेपाल र बेलायतको निजी क्षेत्रबीच सहकार्य

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री तथा लगानी बोर्डका उपाध्यक्ष जनार्दन शर्माले नेपालको हरित पूर्वाधारमा लगानी गरी लाभान्वित हुन तथा सन् २०३० सम्ममा उच्च मध्यम आय भएको राष्ट्रको स्तरमा पुग्ने नेपालको लक्ष्यमा सघाउन बेलायती लगानीकर्ताहरुलाई अनुरोध गरेका थिए।

काठमाडौं- पेरिस सम्झौताको भावना अनुसार कार्वन उत्सर्जन न्यूनिकरण गरी हरित र दीगो अर्थतन्त्र निर्माणका लागि नेपाल र बेलायतका निजी क्षेत्रबीच ऊर्जाको क्षेत्रमा सहकार्य हुने भएको छ।

बेलायतको संयोजनमा आगामी नोभेम्बर १ देखि १२ सम्म स्कटल्याण्डको ग्लास्गोमा आयोजना हुने युएन क्लाइमेट चेन्ज कन्फ्रेन्सको पूर्वतयारी स्वरुप आज भर्चुअल छलफल भएको छ।

लगानी बोर्डको कार्यालय, बेलायतस्थित नेपाली दुतावास  र बेलायत सरकारको अन्तर्राष्ट्रिय व्यापार विभागको संयुक्त सहकार्यमा यो कार्यक्रम आयोजना भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री तथा लगानी बोर्डका उपाध्यक्ष जनार्दन शर्माले नेपालको हरित पूर्वाधारमा लगानी गरी लाभान्वित हुन तथा सन् २०३० सम्ममा उच्च मध्यम आय भएको राष्ट्रको स्तरमा पुग्ने नेपालको लक्ष्यमा सघाउन बेलायती लगानीकर्ताहरुलाई अनुरोध गरेका थिए।

नेपाल सरकारको तर्फबाट सम्पूर्ण सहयोग तथा सहजीकरण रहने प्रतिबद्धता उनले गरेका थिए।

अर्थमन्त्री शर्माले नेपालमा उत्पादित स्वच्छ तथा नवीकरणीय ऊर्जाको निर्यातले छिमेकी मुलुकको कार्बनको भार समेत कटौती गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

सो अवसरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले उर्जा क्षेत्रमा नेपालमा रहेको अपार सम्भावनाको उपयोग गर्न नेपाल र बेलायतका लगानीकर्ताहरुलाई अपिल गर्दै सो क्षेत्रमा वैदेशिक एवं हरित लगानी आकर्षण तथा प्रवर्द्धन गर्न लगानी बोर्डको कार्यालय कटिबद्ध रहेको बताए।

उनले नवीकरणीय तथा स्वच्छ उर्जाको विकासको लागि नेपाल सरकारले नीति तथा कानूनको समयानुकुल सुधार गरी लगानीको लागि अनुकुल वातावरण तयार पारेको समेत बताए।

प्रकाशित : बुधबार, असोज १३ २०७८१२:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend