शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

टेस्लाको प्रतिस्पर्धी मानिएको ट्रिटनले भारतमा हाइड्रो फ्युल सेल स्कुटर ल्याउँदै

आइतबार, साउन ८ २०७९
टेस्लाको प्रतिस्पर्धी मानिएको ट्रिटनले भारतमा हाइड्रो फ्युल सेल स्कुटर ल्याउँदै

ट्रिटन ईभीले विद्युतीय कार, ट्रक तथा विशेष प्रकारका सवारी विश्व बजारमा उपलब्ध गराउने जनाएको छ। ट्रिटनले गत वर्ष हैदराबादमा ८ सिट क्षमताको एच विद्युतीय एसयूभी सोकेस गरेको थियो। 

काठमाडौं- अकेरिकी विद्युतीय सवारी उत्पादक कम्पनी ट्रिटन इलेक्ट्रिक भेहिकल भारतमा पहिलो सवारी सार्वजनिक गर्ने भएको छ। कम्पनीका अनुसार भारतमा दुई तथा तीन पांग्रे सवारी सार्वजनिक हुने छ। ती सवारी ब्याट्रीमा आधारित नभइ हाइड्रोजन फ्युल सेलमा आधारित विद्युतीय सवारी हुनेछन्। 

ट्रिटनले यी सवारी भारतमै उत्पादन गर्ने घोषणा गरेको छ। चर्चित अमेरिकी विद्युतीय कार उत्पादक टेस्लाको प्रतिस्पर्धी मानिएको ट्रिटनले भारतको गुजरातमा पहिलो उत्पादन प्लान्ट स्थापना गर्ने निर्णय गरिसकेको छ। 

भारतमा छिट्टै हाइड्रोजन फ्युल सेलमा आधारित दुई तथा तीन पांग्रे सवारी सार्वजनि गर्ने घोषणा शुक्रबार ट्रिटनका सीईओ तथा सहसंस्थापक हिमांशु पटेलले गरेका हुन्। ‘हाम्रो पहिलो दुई पांग्रे सवारी भारतीय सडकमा गुड्ने छ। त्यो पनि हाइड्रोजन फ्युल सेलमा आधारित,’ घोषणा गर्ने क्रममा पटेलले भनेका थिए। 

गुजरातमा बन्ने ट्रिटनको उत्पादन प्लान्ट ६ सय एकर जमिनमा फैलिने छ। यो प्लान्ट बनिसक्दा ३० लाख वर्गफिटमा फैलिएको हुनेछ। यो प्लान्टमा उत्पादन हुने सवारी भारतको अहमदावाद नजिकै अनन्दमा रहेको आरएन्डडी सेन्टरमा डिजाइन भएको हुनेछ। ट्रिटनको ग्लोबल आरएन्डडीमा डिजाइन भएका सवारीसमेत त्यहाँ बन्ने छ। 

ट्रिटन ईभीले विद्युतीय कार, ट्रक तथा विशेष प्रकारका सवारी विश्व बजारमा उपलब्ध गराउने जनाएको छ। ट्रिटनले गत वर्ष हैदराबादमा ८ सिट क्षमताको एच विद्युतीय एसयूभी सोकेस गरेको थियो। 

सुरुमा दुई तथा तीन पांग्रे सवारी उत्पादन प्लान्ट स्थापना गर्ने र दोस्रो चरणमा भारत तथा दक्षिण एसियाली बजारलाई लक्षित गरि विद्युतीय कार, एसयूभी तथा पिकअप उत्पादन प्लान्ट स्थापना गर्ने बताएको छ। 

कम्पनी पहिलो चरणमा उत्पादन गर्ने हाइड्रोजन फ्युल सेल सवारीले कति रेन्ज दिन्छ, मूल्य कति पर्छ भन्ने कुरा बताएको छैन। यो बारे कम्पनीले छिट्टै घोषणा गर्ने सीईओ पटेलले बताएका छन्। 


प्रकाशित : आइतबार, साउन ८ २०७९०२:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend