शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

फ्रेन्च ब्रान्ड सिट्रोनले भारतमा विद्युतीय कार ल्याउने, नेपालमा कहिले आउँछ?

शनिबार, साउन ७ २०७९
फ्रेन्च ब्रान्ड सिट्रोनले भारतमा विद्युतीय कार ल्याउने, नेपालमा कहिले आउँछ?

सिट्रोनका कार नेपाली बजारमा समेत उपलब्ध रहेको छ।

काठमाडौं- फ्रान्सेली कार उत्पादन कम्पनी सिट्रोनले भारतीय बजारमा विद्युतीय कार ल्याउने तयारी गरेको छ। हाल भारतमै कार उत्पादन सुरु गरेको सिट्रोले शून्य प्रदूषण सवारीको माग बढ्दै गएकाले बजारको आवश्यकता अनुसार विद्युतीय कार ल्याउने तयारी गरेको हो। 

ग्रुप पीएसए अन्तर्गको ब्रान्ड सिट्रोन एसयूभी कार निर्माणमा चर्चित ब्रान्ड हो। भारतीय बजारमा सिट्रोनले सीफाइभ एयरक्रस प्रिमिय एसयूभी र बजारमा ठूलो संख्यामा बिक्री गर्न सीथ्री कार समेत सार्वजनिक गरिसकेको छ। 

तुलनात्मक रुपमा निक्कै प्रतिस्पर्धी मूल्यमा सिट्रोनले सीथ्री सार्वजनिक गरेको छ। ५ लाख ७१ हजार भारु मूल्यमा सार्वजनिक भएको सीथ्रीले मारुती सुजुकी इग्निस, टाटा पन्च, निसान म्यागनाइट तथा रेनो काइगरसँग प्रतिस्पर्धा गर्नेछ। 

सिट्रोनले भारतको तामिलनाडूमा स्थापना गरेको कार उत्पादन प्लान्टबाट उतपादिन कार भारतसहित विश्व बजारमा बिक्री हुने थालेको छ। सिट्रोन कार बिक्रीलाई विश्वव्यापी बनाउन १ अर्ब डलरभन्दा बढी लगानी गर्ने घोषणा गरिसकेको छ। भारतपछि मध्यपूर्व तथा अफ्रिकी बजारमा समेत कार उत्पादन गर्ने तयारीमा सिट्रोन रहेको छ। 

भारतीय बजारमा सिट्रोनले सीयूभी, एमपीभी तथा एसयूभीका नयाँ मोडल सार्वजनिक गरेको छ। योसँगै कम्पनीले विद्युतीय कार बिक्री तथा उत्पादनलाई प्राथमिकता दिने बताएको छ। सिट्रोनले आगामी वर्ष भारतीय बजारमा नयाँ विद्युतीय एसयूभी सार्वजनिक गर्ने गरि तयारी गरेको जनाएको छ। 

भारत सरकारले शून्य प्रदूषण सवारीको उत्पादनलाई प्राथमिकता दिएकाले सिट्रोनले त्यतातर्फ ध्यान केन्द्रित गर्ने भएको छ। हाल भारतमा टाटा, महिन्द्रा, हुन्डाईलगायत कम्पनीले विद्युती कार उत्पादन गर्दै आएका छन्। यसमा सबैभन्दा ठूलो हिस्सा टाटाको रहेको छ। टाटाले भारतमा नेक्सन ईभी, टिगोर ईभी, एक्सप्रेसटी कार बिक्री गर्दै आएको छ भने थ्रुप्रै नयाँ विद्युतीय कार ल्याउने तयारी गरेको छ। 

सिट्रोनका कार नेपाली बजारमा समेत उपलब्ध रहेको छ। गोल्छा अर्गनाइजेसन अन्तर्गतको सांग्रिला मोटर्सले सिट्रोनका कार आधिकारिक रुपमा आयात गर्दै आएको छ। कम्पनीले सिट्रोनको प्रिमियम एसयूभी सीफाइभ एयरक्रस नेपाली बजारमा उपलब्ध रहेको छ। 

त्यसै भारतमा हालै सार्वजनिक गरिएको निक्कै सस्तो मानिएको एसयूभी सीथ्री सरकारले आयात प्रतिबन्ध लगाएका कार आउन सकेको छैन। आयात प्रतिबन्ध हटेलगत्तै उक्त कार नेपाल आउने कम्पनीले जनाएको छ। सरकारले विदेशी मुद्रा सञ्चितिमा दबाब परेको भन्दै इन्धनबाट चल्ने सवारीको आयात भदौ १५ सम्मका लागि प्रतिबन्ध लगाएको छ।

त्यस्तै कम्पनीले भारत अगावै सिट्रोनको विद्युतीय कार नेपाल ल्याउन प्रयास गरिरहेको छ। तर विद्युतीय कार भारतमा आएलगत्तै भने नेपालमा पक्कै आउने छ। 


प्रकाशित : शनिबार, साउन ७ २०७९१०:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend