शुक्रबार, माघ २५ गते २०८१    
शुक्रबार, माघ २५ २०८१
images
images

उद्योग परिसंघ र चार्टर्ड एकाउन्टेन्ट्स सङ्घबीच सहकार्य हुने 

images
बुधबार, असोज १३ २०७८
images
images
उद्योग परिसंघ र चार्टर्ड एकाउन्टेन्ट्स सङ्घबीच सहकार्य हुने 

समझदारीअनुसार परिसङ्घका विभिन्न समितिमा संघको तर्फबाट पदेन सदस्यको रुपमा प्रतिनिधित्व रहनेछ । यसैगरी दुवै संस्थाका प्रदेश एवं जिल्ला तहमा समेत समन्वय र सहकार्यमा विभिन्न कार्यक्रम आयोजना गने समेत समझदारीपत्रमा उल्लेख छ । 

images
images

काठमाडौं- आपसी सहकार्य विस्तारका लागि नेपाल उद्योग परिसंघ र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स सङ्घबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल उद्योग परिसङ्घको कार्यालय थापाथलीमा परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवाल र संघका अध्यक्ष आनन्दराज शर्मा वाग्लेले हस्ताक्षर गरेका छन्। 

images
images
images

समझदारीअनुसार दुवै संस्थाले एकआपसमा सहयोग अभिवृद्धि गर्नेछन् । यसैगरी दुवै निकायले औद्योगिक विकासका लागि स्थिर आर्थिक नीति तर्जुमाका लागि सरोकारवाला निकायसँग आपसी सहकार्यमा कार्य गर्नेछन् । दुवै संस्था मिलेर आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धिका लागि पनि काम गर्ने समझदारीपत्रमा उल्लेख छ । साना तथा मझौला उद्योगका लागि आवश्यक तालिम कार्यक्रम सञ्चालन गर्न पनि दुवै निकाय सहमत भएका छन् । 

images
images

समझदारीअनुसार परिसङ्घका विभिन्न समितिमा संघको तर्फबाट पदेन सदस्यको रुपमा प्रतिनिधित्व रहनेछ । यसैगरी दुवै संस्थाका प्रदेश एवं जिल्ला तहमा समेत समन्वय र सहकार्यमा विभिन्न कार्यक्रम आयोजना गने समेत समझदारीपत्रमा उल्लेख छ । 

images
images
images

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले परिसङ्घले आफ्ना कार्यक्रम विस्तारका क्रममा विभिन्न निकायसँग समझदारी गरेर अघि बढिरहेको बताए। यस सझदारीले दुई निकायबीच आपसी सम्बन्ध विस्तार भइ एक अर्काका सदस्यहरूले लाभ लिन सक्ने अध्यक्ष अग्रवालले उल्लेख गरे। 

यसैगरी संघका अध्यक्ष आनन्द राज शर्मा वाग्लेले अर्थतन्त्र विस्तारका लागि नीतिगत स्थिरता आवश्यक पर्ने बताउँदै त्यसका लागि दुवै निकायले मिलेर अघि बढ्न सकिने बताए। 

कार्यक्रममा परिसङ्घका उपाध्यक्षहरू वीरेन्द्रराज पाण्डे र रोहित गुप्ता एवं बैंकिङ समितिका सभापति अनलराज भट्टराई एवं संघका उपाध्यक्ष रमेशकुमार धिताल, महासचिव तेजप्रसाद सुवेदी र कोषाध्यक्ष सुशील घिमिरेको उपस्थिति थियो । 


प्रकाशित : बुधबार, असोज १३ २०७८११:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend