आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

ललितपुर महानगरपलिकालाई राफ्ट ब्रान्डका विद्युतीय स्कुटर हस्तान्तरण

images
बिहीबार , साउन ५ २०७९
images
ललितपुर महानगरपलिकालाई राफ्ट ब्रान्डका विद्युतीय स्कुटर हस्तान्तरण
images
images

काठमाडौं- आईएमई ग्रुप अन्तर्गतको आईएमई इलेक्ट्रिक प्रालिद्वारा ललितपुर महानगरपलिकालाई ५ वटा राफ्ट ब्रान्डका विद्युतीय स्कुटरहरु हस्तान्तरण गरेको छ। ती स्कुटरहरु महानगरपालिकाको एक कार्यक्रममा ललितपुर नगर प्रहरीलाई हस्तान्तरण गरेका हो।

images
images
images

आईएमई इेलेक्ट्रिक प्रालिले राफ्ट ब्रान्डका विद्युतीय स्कुटर नेपाली बजारमा आधिकारिक रूपमा भित्याएको हो। महानगरपालिकालाई हस्तान्तरण गरिएको राफ्ट वारिअर भारतमा उत्पादन भएको हो। सो स्कुटर एक पटक फुल चार्जमा १०० किमि रेन्जसम्म  गुड्ने कम्पनीले जनाएको छ। 

images
images

अधिकतम् किलोमिटर, बलियो बनावट साथै आधिक पर्फर्मेन्स दिनसक्ने भएकले सो स्कुटरहरु खरिद गरिएको महानगरपालिकाले बताएको छ। भारतमा उत्पादित राफ्ट स्कुटर, वारिअर साथै टिस्टा, इण्डुस, नुब्रा, जिस्पासमेत नेपालमा उपलब्ध मोडलहरु हुन्।

images
images

किलेस स्टार्ट, रिमोट लक्किङ, रिभर्स गियर, थेफ्ट अलर्मलगायत विशेषता राफ्टका स्कुटरमा रहेको छ। सेगमेटकै आधिक्तम ३२० किमि रेन्ज दिन सक्ने स्कुटर पनि नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले बताएको छ।

स्कुटर ग्रहण गर्ने क्रममा ललितपुर महानगरका मेयर चिरिबाबु महर्जले नगर सुरक्षालाई व्यवस्थित गर्न र प्रभावकारी कार्य गर्न नगर प्रहरीलाई राफ्ट ब्रान्डका स्कुटर सुविधायुक्त र प्रभावकारी हुने बताए।


प्रकाशित : बिहीबार , साउन ५ २०७९१४:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend