शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

टाटा ग्रिनले उत्पादन गरेका होन्डाका को-ब्रान्डेड ब्याट्री स्याकार ट्रेडिङले बेच्ने

images
बिहीबार , साउन ५ २०७९
images
टाटा ग्रिनले उत्पादन गरेका होन्डाका को-ब्रान्डेड ब्याट्री स्याकार ट्रेडिङले बेच्ने

स्याकारको नेपालमा रहेको डिलर नेवर्कभन्दा बाहिर भने उसले ल्याएका ब्याट्री बिक्री गर्न पाउने छैन। टाटा ग्रिन ब्याट्रीसँग स्याकार ट्रेडिङले हालै उक्त सम्झौता गरेको कम्पनीले जनाएको छ। 

images
images

काठमाडौं- भारतीय ब्याट्री उत्पादक कम्पनी टाटा ग्रिन ब्याट्रीले उत्पादन गरेका ओईइएम (को-ब्रान्डेड) ब्याट्री स्याकार ट्रेडिङले बेच्ने भएको छ। टाटा ग्रिन ब्याट्री र ज्योति समूह अन्तर्गतको स्याकार ट्रेडिङबीच हालै उक्त सम्झौता भएको हो। 

images
images
images

टाटा ग्रिनले उत्पादन गरेका ब्याट्री मुख्य गरि दुईपांग्रे सवारीमा प्रयोग हुँदै आएको छ। सो कम्पनीले उत्पादन गरेका ब्याट्री होन्डाका मोटरसाइकलमा समेत प्रयोग भइरहेको छ। 

images
images

अब नेपाली बजारमा होन्डाका मोटरसाइकल तथा स्कुटरमा प्रयोग हुने टाटा ग्रिन ब्याट्री स्याकार ट्रेडिङले नै आयात गरेर बिक्री गर्ने छ। स्याकारले त्यसरी आयात गरेका ब्याट्री नेपालभर रहेका स्याकारकै नेटवर्कमा मात्र बिक्री गर्न पाउने छ। 

images
images

स्याकारको नेपालमा रहेको डिलर नेवर्कभन्दा बाहिर भने उसले ल्याएका ब्याट्री बिक्री गर्न पाउने छैन। टाटा ग्रिन ब्याट्रीसँग स्याकार ट्रेडिङले हालै उक्त सम्झौता गरेको कम्पनीले जनाएको छ। 

टाटा ग्रिन ब्याट्रीको नेपालका लागि आधिकारिक बिक्रेता भने लक्ष्मी समूह अन्तर्गतको लक्ष्मी अटोकम्प प्रालि रहेको छ। लक्ष्मी अटोकम्पले नेपालभर रहेको आफ्नो नेटवर्कमार्फत सबै बजारमा बिक्री गर्ने आएको छ। स्याकारले गरेको सम्झौताअनुसार होन्डाको नेटवर्कमा मात्र बिक्री गर्ने र बाँकी बजारमा टाटा ग्रिन ब्याट्री लक्ष्मी अटोकम्पले नै बिक्री गर्ने छ। 


प्रकाशित : बिहीबार , साउन ५ २०७९१३:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend