आइतबार, असार १४ गते २०८३    
आइतबार, असार १४ २०८३

सेवा निवृत्त सैनिकको रहरलाग्दो कालिजपालन

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज १३ २०७८
सेवा निवृत्त सैनिकको रहरलाग्दो कालिजपालन

भारतीय सेनाबाट अवकासपछि म्याग्दीको बेनी नगरपालिका-२ फापरखेतका नवीन घिमिरेले कालिजपालन व्यवसाय सुरु गरेका छन्। १७ वर्ष भारतीय सेनामा काम गरेर अवकास पाएका उनले गाउँ फर्किएर कालिजपालन सुरु गरेक हुन्। उनले सुरु गरेको कालिजपालन व्यवसाय अहिले यस क्षेत्रकै रहरलाग्दो र रमाइलो बनेको छ।

काठमाडौं- भारतीय सेनाबाट अवकासपछि म्याग्दीको बेनी नगरपालिका-२ फापरखेतका नवीन घिमिरेले कालिजपालन व्यवसाय सुरु गरेका छन्। १७ वर्ष भारतीय सेनामा काम गरेर अवकास पाएका उनले गाउँ फर्किएर कालिजपालन सुरु गरेक हुन्। उनले सुरु गरेको कालिजपालन व्यवसाय अहिले यस क्षेत्रकै रहरलाग्दो र रमाइलो बनेको छ।

रञ्जिला कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर २०७७ सालको फागुनबाट व्यवसायिक रुपमा नै कालिजपालन सुरु गरेका घिमिरेले सात महिनाको अवधिमा राम्रो आम्दानी मात्रै गर्नुभएको छैन, नयाँ व्यवसाय गरेर उदाहरणीयसमेत बनेका छन्। २१ लाख रुपैयाँको लगानीबाट कालिजपालन सुरु गरेका घिमिरेको फर्ममा अहिले ६ सय कालिज हुर्कंदै छन्। यस अवधिमा उनले १ सय १० वटा कालिज बिक्री गरिसके। लामो अध्ययनपछि उनले फाँपरखेतमा कालिज पाल्ने सोच बनाएका हुन्। 

'भारतीय गोर्खा सैनिकमा हुँदा आफ्नै गाउँको जस्तै भूगोल भएको दार्जिलिङमा कालिजपालन गरेको देखेर म लोभिएको थिएँ', ३९ वर्षीय फरासिला घिमिरेले भने, 'पाँच वर्षपछि सेवा निवृत्त भएर गाउँ आएँ, यहाँ आउदा नेपाल सरकारले कालिजपालनका लागि अनुमति दिएको थाहा पाएपछि तत्कालै कालिजपालन व्यवसाय सुरु गरेको हुँ।'

घिमिरेले सात रोपनी पाखोबारीलाई घेराबार गरेर जालीले छोपेको खोर बनाएका छन्। त्यही खोरमा चारसय बढी ‘रिङनेट’ जातका कालिज हुर्किरहेका छन्। अधिकांश कालिज बिक्रिका लागि योग्य भएका घिमिरेले बताए। कालिज बेनी, भकुण्डे, बागलुङ र पोखराको बजारमा प्रतिगोटा ३ हजार ५ सयका दरले बिक्री हुने गरेको उनले जानकारी दिए।

कालिजका लागि उनले रैथाने आहारा (मकै, गहुँ,कोदो) का साथै बजारबाट आयातित दाना खुवाउने गरेका छन्। त्यसका साथै हरियो भुइँ तथा डालेघाँसबाट पनि उनले कालिजलाई दानाको व्यवस्थापन गरेको बताए। उनकाे फार्ममा स्थानीय तीन जना व्यक्तिले रोजगारी समेत पाएका छन्।

निकट भविष्यमा ह्याचिङ मेसिन राखेर आफै चल्ला उत्पादन गर्ने र मासुका लागि भाले कालिजको सङ्ख्या बढाउने उनको योजना छ। पाँच महिनामा दुई किलो भन्दा बढी तौल हुने र ती कालिज मासु खानका लागि योग्य हुने उनले जानकारी दिए। पाँचदेखि सात महिनाभित्र बिक्री गर्न योग्य हुने कालिजलाई व्यावसायिक रुपमा विस्तार गर्दै लैजाने उनकाे सोच रहेको छ। रासस


प्रकाशित : बुधबार, असोज १३ २०७८११:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend