शुक्रबार, माघ २५ गते २०८१    
शुक्रबार, माघ २५ २०८१
images
images

लगानीकर्ताको जोडबलले थामिएला सेयर बजार? 

images
बुधबार, असोज १३ २०७८
images
images
लगानीकर्ताको जोडबलले थामिएला सेयर बजार? 

लगानीकर्ताले सेयर बजार सुधारका लागि जोडबल गर्दै गर्दा नीतिगत सुधारका लागि खासै पहल भएको देखिँदैन । उनीहरूको जोडबलले एक दुई सय अङ्कले बजारमा सुधार भए पनि यो सुधार दीर्घकालिन नहुने विश्लेषकहरू बताउँछन् । 

images
images

काठमाडौं- सेयर बजारमा लगातार गिरावट देखिन थालेपछि लगानीकर्ता संघ संस्थाको सक्रियता बढ्न थालेको छ।

images
images
images

उनीहरू बजार सुधारका लागि भन्दै प्रेस विज्ञप्ति जारी गर्नेदेखि लिएर शक्ति केन्द्र धाउन थालेका छन्। बजारबाट अर्बौं रुपैयाँ गुमाइयो भन्दै कहिले अर्थमन्त्री निकट व्यक्तिहरू त कहिले राष्ट्र बैंकका पदाधिकारीहरूलाई भेट्ने क्रम बाक्लिएको छ।

images
images

पछिल्लो दौडधुपबीच बुधबार सेयर बजारमा केही हरियाली देखियो। कारोबार खुलेको २५ मिनेटमै ३० अङ्कभन्दा धेरैले सुधारिएको बजार धेरै समय टिक्न सकेन। थोरै सुधार हुनेवित्तिकै सेलिङ प्रेसर आयो। करिब ४५ मिनेटको अवधिमा ३६ अङ्कको गिरावट देखिएको थियो।

images
images
images

मङ्गलबारदेखि लगानीकर्ताहरूको संघ संस्थाहरू सक्रिय भएका थिए। बजार सुधारका लागि भन्दै एकपछि अर्को प्रेस विज्ञप्ति जारी गरिरहेका उनीहरूले अर्थमन्त्री र गभर्नरलाई बजार सुधारको पहल गर्न आग्रह गर्दै आएका छन्।

लगानीकर्ताले सेयर बजार सुधारका लागि जोडबल गर्दै गर्दा नीतिगत सुधारका लागि खासै पहल भएको देखिँदैन। उनीहरूको जोडबलले एक दुई सय अङ्कले बजारमा सुधार भए पनि यो सुधार दीर्घकालीन नहुने विश्लेषकहरू बताउँछन्।

अहिलेको सबैभन्दा ठूलो समस्या भनेको बैंकिङ तरलता हो। बैंकिङ तरलतामा राष्ट्र बैंकको खेल समाप्त नभएसम्म यसले गति लिने देखिँदैन।

आज बजार सूचक ५०.५८ अंकले बढेर २६६५.९३ अंकमा पुगेको छ। पछिल्ला दिनमा लगातार घट्दै आएको बजारमा आज ५ अर्ब २ करोड ८५ लाख रुपैयाँको ९८ लाख ९४ लाख ४७८ कित्ता सेयर कारोबार भएको छ। 


 


प्रकाशित : बुधबार, असोज १३ २०७८०९:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend