शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

सेती नदीले सडक कटान गरेपछि यातायात बन्द

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन ४ २०७९
images
सेती नदीले सडक कटान गरेपछि यातायात बन्द

अहिले साना सवारीसाधन आवतजावत भइरहे पनि ठूला सवारीसाधन भने ठप्प छन्। 

images
images

बझाङ- बझाङमा सेती नदीले सडक कटान गरेपछि यातायात सेवा बन्द भएको छ। नदीमा पानीको बहाव बढेपछि सदरमुकाम चैनपुर जोड्ने सडक कटान हुन थालेको हो। 

images
images
images

नदीको पानीले जयपृथ्वी राजमार्गअन्तर्गत जालेजगरमा सडक कटान गरेपछि यातायात बन्द भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टका अनुसार सेतीको बाढीले जालेबगरमा सडक कटान भइरहेको छ। अहिले साना सवारीसाधन आवतजावत भइरहे पनि ठूला सवारीसाधन भने ठप्प छन्। 

images
images

गत वर्ष असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीले बगाएको उक्त सडक पुनःनिर्माणको काम नसकिँदै फेरि गए राति बगाएको हो। सडक बगाउँदा धनगढी, काठमाडौँलगायत ठाउँ जाने तथा जिल्ला भित्रने यातायातका साधन बाटोमै थन्किएका छन्। रासस

images
images


प्रकाशित : बुधबार, साउन ४ २०७९०५:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend