शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

श्वेत-गंगा हाइड्रोपावरको आईपीओ खुला, कति दिन सकिन्छ आवेदन?

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन ४ २०७९
images
श्वेत-गंगा हाइड्रोपावरको आईपीओ खुला, कति दिन सकिन्छ आवेदन?
images
images

काठमाडौं- श्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले  सर्वसाधारणका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गरेको हो।

images
images
images

कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाखको १५ प्रतिशतले हुने प्रतिसेयर १०० रुपैयाँ अङ्कित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो। सार्वजनिक आह्वान पत्रानुसार निष्कासित सेयरमध्ये पाँच प्रतिशत अर्थात् एक लाख १९ हजार ४७५ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहने २२ लाख ७० हजार २५ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने छन्।

images
images

सर्वसाधारणलाई बिक्री खुला गरिएको सेयरमा लगानीकर्ताले आगामी साउन ८ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे साउन १८ सम्म न्यूनतम १० देखि अधिकतम १० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन सकिन्छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत तथा ‘मेरो सेयर’को वेबसाइट र मोबाइल एपमार्फत आवेदन दिन सक्ने छन्।

images
images

कम्पनीले रामेछापको लिखु तामाकोसी गाउँपालिका र ओखलढुङ्गाको लिखु गाउँपालिकाको सिमाना भएर बहने लिखु नदीको बहाव प्रयोग गरेर २८ दशमलव एक मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयरएनपी (बीबी) आइएस’ ग्रेडिङ प्रदान गरेको छ। रासस


प्रकाशित : बुधबार, साउन ४ २०७९०५:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend