शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

हुन्डाईका कार टेस्ट ड्राइभ गरेर कतार विश्वकप हेर्न जाने मौका

मंगलबार, साउन ३ २०७९
हुन्डाईका कार टेस्ट ड्राइभ गरेर कतार विश्वकप हेर्न जाने मौका

काठमाडौं- हुन्डाई कारको टेस्ट ड्राइभ गर्दा विश्वकप-२०२२ लाइभ हेर्ने अफर सार्वजनिक गरिएको छ। आगामी नोभेम्बरमा कतारमा हुने विश्वकपलाई मध्यनजर गर्दै हुन्डाईले आफ्नो 'गोल अफ द सेन्चुरी' अभियान अन्तर्गत साे अफर ल्याएको हो। 

यस अफर अन्तर्गत हुन्डाईको देशभर रहेका कुनै पनि सोरुममा कुनै पनि कार टेस्ट-ड्राइभ गरी फिफा विश्वकप प्रत्यक्ष हेर्न जाने मौका पाउनेछन्। साउन ३ गतेबाट सुरु हुने यस अफरमा देशभरका कुनै पनि व्यक्तिले आफ्नो ड्राइभिङ लाइसेन्स लिएर आधिकारिक हुन्डाई सोरुममा रेजिस्टर गरी सहभागी हुन सक्नेछन्। 

यो अफरको अन्त्यमा सहभागी मध्यबाट लक्की ड्र मार्फत दुई जनालाई छनोट गरिनेछ। छानिएका दुई जनाले उपहार स्वरूप आफूलाई मनपर्ने एकजना अर्को व्यक्तिसँग कतार गइ विश्वकप लाइभ हेर्न पाउने कम्पनीले जनाएको छ।  

हुन्डाई मोटर्सको हस्पिटालिटी प्रोग्राम मार्फत् ल्याइएको यो अफर नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले संयोजन गरेको हो। 


प्रकाशित : मंगलबार, साउन ३ २०७९१३:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend