बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सुस्ताएको स्टिल उद्योगमा जगदम्बाको ब्यापारमा कसरी आयो उछाल?

मंगलबार, साउन ३ २०७९
सुस्ताएको स्टिल उद्योगमा जगदम्बाको ब्यापारमा कसरी आयो उछाल?

स्पञ्ज आइरन ल्याएर नेपालमा बिलेट बनाउनका लागि उत्प्रेरित गर्न भन्दै ल्याइएको यो कर नीतिको परिणामले पनि खण्डन गरेको छ। यो बीचमा न स्टिल आयातका लागि बाहिरिने रकम घटेको छ न राजस्व बढ्न सक्यो। यसबाट घाटा जसले बिलेट ल्याएर डन्डी बनाउँथे उनीहरूलाई मात्र भयो। 

काठमाडौं- पछिल्लो समय स्टिल उद्योगीहरूले माग नभएको बताइरहेका छन्। कतिपयले उत्पादनमा व्यापक कटौती गरिरहेको बताएका छन्। 

वर्षको सुरुदेखि नै खासै माग नभएको भन्दै धेरै उद्योगीले उत्पादन नबढेको बताइरहेका छन्। तर यहीबेला सन् २०२२ को ६ महिनामै २१ अर्बको व्यापार गरेको छ। 

नेपालमा स्पञ्ज आइरन ल्याएर यही बिलेट बनाउने यो उद्योगले सन् २०२१ को वर्षभर २९ अर्बको मात्र ब्यापार गरेको थियो। तर २०२२ को ६ महिनामै २१ अर्बको व्यापार गर्न सफल भएको छ। शंकर समूह अन्तर्गतको यो कम्पनीले उत्साहजनक व्यापार गरेको छ। 

अरु उद्योगले बजारमा शिथिलता महसुस गरेको बेला यो उद्योगले भने अझै आक्रमक विस्तारको योजना बनाएको छ। यो कम्पनीले ३५ अर्ब ऋण लिने योजना बनाएको छ। ऋणका लागि रेटिङ समेत गराएको छ। 

अरुले शिथिलता महसुस गर्दा यो उद्योगले व्यापारमा छलाङ कसरी हान्यो? 

यो प्रश्नको उत्तर हो कर नीतिमा फेरबदल। 

आर्थिक वर्ष २०७७/७८ को  प्रतिस्थापन ऐनबाट तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले स्टिल बिलेटमा लाग्ने कर बढाएका थिए। यो नीतिपछि नेपालमा बिलेट ल्याएर डन्डी बनाउनेहरूको व्यापार प्रतिस्पर्धी भएन तर जसले स्पञ्ज आइरन ल्याएर डन्डी बनाउथे ऊनीहरूको व्यापार फस्टायो। 

नेपालमै बिलेट बनाएर डन्डी उत्पादन गर्ने उद्योगको संख्या  ७ वटा  छन्। बिलेटबाट डन्डी बनाउने उद्योगको संख्या भने २४ वटा छन्। स्वभाविक रुपमा स्पञ्ज आइरन ल्याएर डन्डी बनाउनेहरूको व्यापारमा उछाल आयो। र जगदम्बा स्टिल यही उद्योगमा पर्छ। त्यही कारणले यसको व्यापार फस्टाएको हो। 

स्पञ्ज आइरन ल्याएर नेपालमा बिलेट बनाउनका लागि उत्प्रेरित गर्न भन्दै ल्याइएको यो कर नीतिको परिणामले पनि खण्डन गरेको छ। यो बीचमा न स्टिल आयातका लागि बाहिरिने रकम घटेको छ न राजस्व बढ्न सक्यो। यसबाट घाटा जसले बिलेट ल्याएर डन्डी बनाउँथे उनीहरूलाई मात्र भयो। 

नेपालमै स्पञ्ज ल्याएर बिलेट बनाउने ६ वटा उद्योगले यही वर्ष ३० प्रतिशत व्यापार अतिरिक्त लिएका छन्। यसले पनि नपुगेर शर्माले यो वर्षको आर्थिक ऐनबाट अझ संरक्षण गरिदिएका छन्। नेपालमा तार बनाउने कम्पनीले नेपालमै उत्पादन भएको बिलेट किन्नैपर्नेगरी कर निर्धारण गरिदिएका छन्। 

यो नीतिले यही ७ वटा उद्योगको थप संरक्षण भएको छ। 


प्रकाशित : मंगलबार, साउन ३ २०७९१२:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend