आइतबार, जेठ ६ गते २०८१    
images
images

प्रतिबोरा २६५ भारुमै भारत निर्यात गरेर नाफामा जान्छन् नेपाली सिमेन्ट उद्योग

पहिलो चरणमा १ खर्ब ५० अर्ब भित्रिन्छ : सिमेन्ट उत्पादक

images
सोमबार, साउन २ २०७९
images
images
प्रतिबोरा २६५ भारुमै भारत निर्यात गरेर नाफामा जान्छन् नेपाली सिमेन्ट उद्योग

अबको केही दिनमै बजेटमा व्यवस्था गरिएको निर्यात अनुदान कार्याविधिसमेत बन्ने र सिमेन्ट निर्यातमा सहजता हुने व्यवसायीहरुको भनाइ छ।

images
images

काठमाडौं- नेपालबाट भारत सिमेन्ट निर्यात सुरु भएको छ। पहिलो पटक पाल्पा सिमेन्टले केही दिन अगाडि ३ हजार बोरा सिमेन्ट भारत पठाउँदै निर्यात सुरु गरेको हो।

images
images
images

योसँगै अन्य कम्पनीहरुले पनि सिमेन्ट निर्यातका लागि भारतीय गुणस्तर चिह्न प्रमाण पत्र लिने तयारी अन्तिम चरणमा पुर्‍याएका छन्।

images

अबको केही दिनमै बजेटमा व्यवस्था गरिएको निर्यात अनुदान कार्याविधिसमेत बन्ने र सिमेन्ट निर्यातमा सहजता हुने व्यवसायीहरुको भनाइ छ।

images
images

नेपालबाट सिमेन्ट निर्यात हुँदा सरकार र व्यवसायी दुबैलाई फाइदा हुनेछ। सरकारलाई डलर आम्दानी हुनेछ।

images
images

भारतीय बजारमा नेपाली सिमेन्टलाई प्रतिस्पर्धा गर्न कतिको सहज छ? प्रतिबोरा कति मूल्य पाउँदा व्यवसायीले सहजै सिमेन्ट निर्यात गर्न सक्लान्? यस विषयमा बिजनेस न्युजले आधा दर्जन भन्दा बढी सिमेन्ट उद्योगहरुसँग छलफल गरेको थियो।

नेपालबाट सिमेन्ट निर्यात हुने भारतका सीमावर्ती राज्यहरुमा नै हो। नेपालका सीमा नजिक रहेको भारतीय बजारमा अहिले पीपीसी सिमेन्ट न्यूनतम ३ सय ३५ भारुसम्म छ। नेपाली उद्योगीले भारत निर्यात गर्ने सिमेन्ट पीपीसी नै हो। ओपीसी सिमेन्ट भारत निर्यात गर्न सहज छैन। भारतमा ओपीसी सिमेन्टको प्रयोगमा केही कडाई छ। व्यक्तिगत निवास तथा स–साना संरचना बनाउँदा पीपीसी सिमेन्ट नै प्रयोग हुन्छ। 

व्यवसायीका अनुसार भारतीय बजारमा २ सय ६५ भारुमा प्रतिबोरा सिमेन्ट उपलब्ध गराउँ सेकेको अवस्थामा व्यवसायीलाई फाइदा हुन्छ। २ सय ६५ भारुमा सिमेन्ट पठाउँदा सरकारले दिने निर्यात प्रोत्साहन र भ्याट/ अन्त:शूल्कमा फाइदा हुने हुँदा व्यवसायीले २ सय ६५ रुपैयाँभन्दा माथि मूल्य पाएको अवस्थामा सिमेन्ट निर्यात गर्न सक्ने व्यवसायीको तर्क छ।

के हो ओपीसी र पीपीसी सिमेन्ट ?

नेपाली बजारमा अहिले ओपीसी सिमेन्टको उत्पादन र खपत दुबै बढी छ।  कुल खपतको ७० प्रतिशत सिमेन्ट ओपीसी नै हो। ओपीसी सिमेन्ट उत्पादनको लागतसँगै  प्राकृति स्रोतको दोहोन पनि बढी हुन्छ। ओपीसीको तुलनामा पीपीसी सिमेन्टको लागत पनि कम छ। पीपीसी सिमेन्टको उत्पादन बढाउँदै प्राकृतिक स्रोतको प्रयोग पनि कम हुन्छ।

राज्यले पीपीसी सिमेन्टको गुणस्तरमा ध्यान दिने हो भने ओपीसी सिमेन्टभन्दा पीपीसी सिमेन्टको व्यापारबाट राज्यलाई बढी फाइदा छ। राज्यसँगै आम उपभोक्तालाई पनि पीपीसी सिमेन्ट प्रयोगबाट नै फाइदा छ। तर यहाँ केही व्यवसायीले पीपीसी सिमेन्टको गुणस्तर कम रहेको भन्दै ओपीसी सिमेन्टको प्रचार गर्दै व्यापार गरिरहेका छन्। सामान्यतः ओपीसी सिमेन्टभन्दा पीपीसी सिमेन्ट सस्तो पनि हुन्छ। पीपीसी सिमेन्ट सस्तो हुँदैमा कम गुणस्तरको नहुने गुणस्तर तथा नापतौल विभागका कर्मचारी बताउँछन्।

पीपीसी सिमेन्ट निर्यात गर्दा  प्राकृति स्रोतको समेत संरक्षण

ओपीसी र पीपीसी सिमेन्ट बनाउँदा प्रयोग हुने कच्चा पदार्थमा केही फरक छ। ओपीसी सिमेन्ट क्लिङकर र जिप्सन मात्रै प्रयोग भएर बनको हुन्छ। पीपीसीमा  जिप्सन, क्लिङकर र फ्लाइआश मिलेर बनेको हुन्छ। कोइलाबाट चल्ने विद्युत गृहबाट निस्कने धुवाँबाट निस्कने डस्ट ‘आश’ हो। सामान्य रुपमा भन्ने हो भने यो उडेको खरानी नै हो। यो भारतबाट आयात हुन्छ।

पीपीसी सिमेन्ट नै फ्लाइआशको प्रयोगका लागि हो। पीसीसी सिमेन्टको स्ट्रेन्थमा पनि ४५ देखि ५० मेगापास्कल नै दिन्छ। गुणस्तर नहुने भन्ने होइन। यसमा ध्यान नदिने हो भने त फेरि गुणस्तरमा कमी आउँछ। गुणस्तरको विषयमा कुनै सम्झौता नगर्ने हो भने फ्लाइ आशबाट पनि सिमेन्टमा हुने पर्ने सबै गुणस्तर पूरा हुने एक उद्योगी बताउँछन्।

 भारत जस्तो देशमा १० तलासम्मको घर बनाउँदा पीपीसी सिमेन्ट नै प्रयोग हुन्छ। तर नेपालमा चाहिँ प्रमोट हुन सकेको छैन। फ्लाई आश फेरि नेपालको कच्चा पदार्थ त भने होइन। तर हाम्रो प्राकृतिक स्रोतको सेभ चाँही हुन्छ। प्रयोग कर्तालाई पनि कम मूल्य पर्छ। फ्लाई आश फ्रिअफ कस्टर्मै पाइने विषय हो। यो त भारतका लागि अनावश्यक बस्तु हो। नेपाल ल्याउँदा पनि ढुवानी खर्च र सामान्य भन्सार शूल्क तिरे पुग्छ।

पीपीसीमा अधिकतम २५ प्रतिशतसम्म फ्लाइआश प्रयोग गर्न पाइन्छ। जसबाट चुनढुंगाको खपत कम गर्दै कोइला आयात पनि कम गर्न सकिन्छ। अझै भारत निर्यात गर्ने सिमेन्टमा त ३५ प्रतिसम्म फ्लाइआश प्रयोग गर्न सकिन्छ। यसबाट झन उद्योगीलाई सहज हुन्छ।

भारतमा चुनढुंगा कम भएको र भएको प्राकृतिक स्रोत जोगाउन लागि पनि पीपीसी सिमेन्ट प्रयोगमा बढी प्राथमिकता दिइएको छ। पीपीसी सिमेन्ट उत्पादन गर्दै गर्दा २० प्रतिशत मात्रै फ्लाइआश हाल्दा पनि प्राकृतिक स्रोत संरक्षण हुन्छ। २० प्रतिशत फ्लाइ आश हाल्ने भनेको  २० प्रतिशत क्लिङकर बचाउनु हो। २० प्रतिशत क्लिङकचर बच्नु भनेको चुनढुंगा पनि बच्नु र कोइलाको खपत पनि कम हुनु हो।

एउटा उद्योगले दिनको ३ हजार टन सिमेन्ट बनाउँछ भने २० प्रतिशत भनेको ६ सय टन हुन्छ। ६ सय टन भनेको ३० गाडी क्लिङकर जोगिन्छ। यो जोगिनु भनेको ६० गाडी चुनढुंगा जोगिनु हो।

६० गाडीमा सरदर १० गाडी त कोइला पनि कम खपत हुन्छ। यसबाट त जनतासँगै राज्यलाई पनि फाइदा छ। कोइला आयात पनि अहिलको भन्दा ७ प्रतिशत कम हुन्छ। चुनढुंगा पनि बच्छ।

बजारमा उपभोक्तालाई पनि प्रतिबोरा १ सय रुपैयाँसम्म सिमेन्ट सस्तो पर्छ। ओपीसी सिमेन्टले बचार कब्जा जमाउनुमा  पीपीसी सिमेन्टको गुणस्तरमा उद्योगीहरूको ध्यान कम हुन थालेको कारण पनि हो। पीपीसी सिमेन्टको गुणस्तरमा ध्यान दिने हो भने प्रयोगमा कुनै समस्या नआउने व्यवसायीहरू नै बताउँछन्। यसका लागि गुणस्तरले  पीपीसी सिमेन्टमा राखिने फ्लाइआशको  गुणस्तर निर्धारण गर्नुपर्छ।

उद्योगी व्यवसायीले पनि पीपीसी सिमेन्टलाई प्रमोट गर्ने नीति लिनुपर्छ। गुणस्तरमा ध्यान दिँदै राम्रो गुणस्तरको सिमेन्ट दिने हो भने कुनै समस्या छैन। केही उद्योगले उत्पादन गर्ने पीपीसी सिमेन्ट ओपीसी भन्दा राम्रो  हुन्छ। ५०/५२ आउने स्ट्रेन्थ दिएको अवस्था पीपीसी सिमेन्ट अति नै राम्रो हुन्छ। अहिले कतिपय उद्योगहरूले पनि ओपीसी सिमेन्ट उत्पादनमा पनि फ्रड गरिरहेका छन्। रातको समयमा उत्पादन हुने सिमेन्टमा बढी फ्रड भएको छ’ गुणस्तर विभागका एक उच्च अधिकारीले भने।

नेपालमा सिमेन्ट उत्पादन गर्दै आएका उद्योगीहरूले सरकारले ल्याएको नीतिले सिमेन्ट निर्यातको बाटोमा सहज भएको बताउँदै निर्यात पनि सुरु गरेका छन्।

पहिलो चरणमा १ खर्ब ५० अर्ब भित्रिन्छ : सिमेन्ट उत्पादक 

नेपाल सिमेन्ट उत्पादक संघलसरकारले निर्यात गर्ने सिमेन्ट उद्योगीलाई ८ प्रतिशत नगद प्रोत्साहन दिने सकारी नीतिले विदेशी बजारमा प्रतिस्पर्धी बन्न सहयोग पुग्ने बताइसकेको छ। 

आगामी वर्षको बजेट मार्फत् सरकारले निर्यातलाई प्राथमिकतामा राखी निर्यातका उच्च संभावना भएका वस्तुहरुमा सिमेन्ट र क्लिङ्करलाई समावेश गरी यसको निर्यातमा ८ प्रतिशत नगद प्रोत्साहन दिने व्यवस्था गरेको छ। 

यसवाट देशमा प्रचुर मात्रामा रहेको कच्चा पदार्थ चुनढुङ्गाको उपयोगमा उल्लेखनीय वृद्धि हुनुका साथै यी उद्योगहरु पुर्ण क्षमतामा संचालन भएमा १५० अर्बभन्दा बढी रकमको निकाशी गर्ने सम्भावना रहेको उद्योगीहरुको भनाइ छ।

यसले देशमा चुलिएको व्यापार घाटा कम गर्न र अमुल्य विदेशी मुद्रा सञ्चिती गर्नमा उल्लेखनीय सहयोग पुग्नेछ।


प्रकाशित : सोमबार, साउन २ २०७९०२:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend