शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

१५० सीसी माथिका मोटरसाइकल आयातमा प्रतिबन्ध

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन १ २०७९
१५० सीसी माथिका मोटरसाइकल आयातमा प्रतिबन्ध

काठमाडौं- सरकारले बैशाख १३ गतेदेखि लगाएको आयातको प्रतिबन्धलाई  भदौं १४ गतेसम्म पुर्‍याउने निर्णय गरेको छ।

सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा बैशाख १३ गतेदेखि आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जनसहित भदौं १४ गतेसम्म पुर्‍याउने निर्णय गरेको हो। पछिल्लो निर्णयमा मोटरसाइकल आयातमा थप कडाई गरिएको छ।

बैशाख १३ गतेदेखि प्रतिबन्ध लगाउँ २५० सीसी क्षमतामाथिका मोटरसाइकलमा प्रतिबन्ध लगाइएको थियो। अहिले यसलाई थप कडाइ गरेर १५० सीसीसम्म क्षमताका मोटरसाइकल मात्रै आयात गर्न पाइने भएको हो।


प्रकाशित : आइतबार, साउन १ २०७९०२:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend