शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

पहिलो पटक विद्युतीय कार सगरमाथा बेसक्याम्पमा, पुगे टेस्लाका दुई कार

शनिबार, असार ३२ २०७९
पहिलो पटक विद्युतीय कार सगरमाथा बेसक्याम्पमा, पुगे टेस्लाका दुई कार

चोङक्युङले तिब्बती मोडाबाट टेस्लाका कार लिएर सगरमाथा बेसक्याम्प पुगेका हुन्।

काठमाडौं- संसारकै ठूलो विद्युतीय कार उत्पादक कम्पनी टेस्लाका दुई कार संसारकै अग्लो स्थान सगरमाथा बेसक्याम्पमा पुगेको छ। टेस्ला चीनले सार्वजनिक गरेको भिडियोअनुसार टेस्लाका दुई कार बेसक्याम्प पुगेको हो। 

सगरमाथा बेसक्याम्प पुगेका दुई विद्युतीय कार चीनमै बनेका हुन्। चिनियाँ पुल डिजाइनर तथा भ्लगर ट्रेनसेन चोङक्युङ टेस्लाका विद्युतीय कार लिएर सगरमाथा बेसक्याम्प पुगेका हुन्। धेरैले उनलाई उक्त यात्रा गर्न असम्भव रहेको भन्दै आएका थिए। तर उनले सो यात्रा सफलतापूर्वक सम्पन्न गरेका छन्। 

चोङक्युङले तिब्बती मोडाबाट टेस्लाका कार लिएर सगरमाथा बेसक्याम्प पुगेका हुन्। उनले बनाएको भिडियो ‘टू माउन्ट क्योमोलोङमा वाइ टेस्ला’ नाममा युट्युबमा राखिएको टेस्लारातीले लेखेको छ। 

विद्युतीय कार धेरै ठाउँमा जान सक्दैन भन्ने धेरैको भनाइलाई यो यात्राले गलत प्रमाणित गरिदिएको छ। विद्युतीय सवारी यति शक्तिशाली बनिसकेकी ती कार जस्तो सुकै ठाउँमा समेत यात्रा गर्न योग्य ठहरिसकेको छ। 

चोङक्युङले चीनको छेन्दु प्रान्तबाट टेस्लाका कार लिएर सगरमाथा बेसक्याम्प पुगेका हुन्। दुई वटा टेस्ला मोडल वाई कार लिएर उनलेका टोली बेसक्याम्प पुगेको हो। टेस्लाले केही समयअघि चीन तर्फबाट बेसक्याम्पसम्म ३१८ सुपरचार्जर रुट तय गरेको थियो। 

अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्लाले चीनको सांघाईमा गिगा फ्याक्ट्री स्थापना गरेको कार उत्पादन गर्दै आएको छ। चीनमा उत्पादित कार चिनियाँ बजारका साथै युरोप समेत निर्यात गर्दै आएको छ। गएको महिना चीनको सांघाईलगायत सहरमा कोरोना महामारी फैलिँदा टेस्लाको कार उत्पादन भने बन्द भएको छ। 

कोरोना संक्रमण नियन्त्रणउन्मुख भएसँगै कार उत्पादन पुरानै लगमा फर्किको टेस्लाले जनाएको छ। टेस्लाले शक्तिशाली, विलाशी र आकर्षक विद्युतीय कार उत्पादन गर्दै आएको छ। 

टेस्लाका विद्युतीय कारको माग संसारभर नै उच्च रहेको छ। टेस्लाले अमेरिकाका साथै चीन र जर्मनीमा समेत कार उत्पादन प्लान्ट स्थापना गरेर उत्पादन गर्दै आएको छ। 

टेस्लाका कार नेपाली बजारमा समेत उपलब्ध रहेको छ। नेपाली बजारमा टेस्लाका मोडल वाई, मोडल एक्स र मोडल थ्री कार उपलब्ध रहेको छ। 


प्रकाशित : शनिबार, असार ३२ २०७९१३:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend