शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार ३१ २०७९
प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल

उपसभामुख निर्वाचित हुनु अघिसम्म भुसाल कांग्रेसको तर्फबाट सचेतक थिइन्। 

काठमाडौं- प्रतिनिधि सभाको उपसभामुखमा नेपाल कांग्रेसकी सांसद पुष्पा भुसाल गौतम  निर्वाचित भएकी छन्। 

सत्ता गठबन्धनबाट उम्मेदवार भएकी भुसालले १४८ मत पाएर निर्वाचित भएकी छन्। यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद विद्या भट्टराईले ९३ मत पाइन्। 

शुक्रबार प्रतिनिधि सभामा उपस्थित २४२ सांसदमध्ये १ जना सांसदले मतदान प्रक्रियामा सहभागी भएका थिएनन्।

उपसभामुख निर्वाचित हुनु अघिसम्म भुसाल कांग्रेसको तर्फबाट सचेतक थिइन्। 

 


प्रकाशित : शुक्रबार, असार ३१ २०७९११:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend