शनिबार, वैशाख १३ गते २०८२    
शनिबार, वैशाख १३ २०८२
images
images

एकवर्षमै लगानिकर्ताले गुमाए ११ खर्ब ४१ अर्ब, नयाँ मौद्रिक नीतिले गर्ला भरथेग?

वर्ष दिनमै ८७३.९२ अंकको गिरावट

images
शुक्रबार, असार ३१ २०७९
images
एकवर्षमै लगानिकर्ताले गुमाए ११ खर्ब ४१ अर्ब, नयाँ मौद्रिक नीतिले गर्ला भरथेग?
images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०७८/०७९ को सुरुवातसँगै सेयर बजारमा उत्साह देखिएको थियो। २०७८ को भदौ २ गतेसम्म त बजारले ३१९९ अंकको नयाँ रेकर्ड बनाउँदै उचाइ लिइरहेको थियो। तर आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति र तरलता अभावसँगै बजारमा गिरावट सुरु भयो।

images
images
images

चालु आर्थिक वर्षमा असार ९ गते बजार वर्षकै न्यून बिन्दु १८४८.२८ सम्म झरेको थियो। चालु आर्थिक वर्षको अन्तिम दिन शुक्रबार बजार २००९.४६ मा पुगेर रोकिएको छ। 

images
images

आर्थिक वर्ष ०७७/०७८ को अन्तिम दिन सेयर बजार पुँजीकरण ४० खर्ब १० अर्ब रहेकोमा यो आर्थिक वर्षको अन्तिम कारोबारको दिन आज शुक्रबारको बजार पुँजीकरण २८ खर्ब ६९ अर्ब रहेको छ। आर्थिक वर्षभित्र लगानीकर्ताले ११ खर्ब ४१ अर्ब रुपैयाँ गुमाएका छन्। 

images
images

सम्रगमा चालु आर्थिक वर्षमा बजार ८७३.९२ अंकले गिरावटा आएको हो। २०७७ असार ३१ गते बजार २८८३.४१ मा रोकिएको थियो। चालु आर्थिक वर्षको पहिले दिन सोही अंकबाट बजारमा कारोबार सुरु भएको थियो। चालु आर्थिक वषमा नै एकै दिनमा २२ अर्ब रुपैयाँसम्मको कारोबार भएको थियो। मौद्रिक नीति सार्वजनिक भएसँगै बजार विस्तारै घट्न थालेको थियो।

सेयर बजार उच्च अंकमा जाँदा धेरै पैसा एकैपटक कमाउने र बिलासी वस्तु आयात बढ्न थाल्यो। सेयर बजारको पैसा घरजग्गा, गाडी र विदेश घुमफिरमा गएपछि असर डलर सञ्चितिमा पर्न थल्यो। सोही कारण गत वर्ष साउनमा नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाइ गर्दै ४/१२ को नीति लिने निर्णय गरेको थियो। 

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर लगानीकर्ताले एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड तथा सबै बैंक तथा वित्तीय संस्था गरेर १२ करोडभन्दा बढी ऋण लिन नपाइने व्यवस्था मौद्रिक नीतिमा गरेको हो। यही सीमाका कारण नै बजार थामिन नसक्नेगरी ओरालो लागेको संगठित लगानीकर्ताहरूको बुझाइ छ। त्यसमा परिवर्तन हुनुपर्ने भन्दै लगानीकर्तासँगै सांसदहरूले समेत निरन्तर सुझाव दिँदै खबरदारीसमेत गरिरहेका छन्।

अनियन्त्रित सेयर बजारको उछाललाई यसअघि नेपाल राष्ट्र बैंकले नियन्त्रण गर्ने मुख्य हतियारको रुपमा मौद्रिक नीतिलाई उपयोग गरेको थियो। यसअघि कोरोना महामारीमा पुँजी बजारलाई उकास्न राष्ट्र बैंक नीतिगत रूपमा लचक बनेको थियो। तर कोरोना महामारी नियन्त्रण भएर आर्थिक गतिविधि बढ्न थालेपछि राष्ट्र बैंकले सेयर धितो कर्जा नियन्त्रणको नीति लिएको थियो। 

यसैगरी अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीचको द्वन्द्वका कारण पनि बजारमा असर गरेको थियो। अर्को बैंकको ब्याजदर बढ्दा पनि बजारलाई असर गरेको थियो। साथै सेयर कर्जाको रिक्स फ्याक्टर १ सय प्रतिशतबाट १ सय ५० प्रतिशत पुर्‍याउँदा समेत बजारमा गिरावट आएको विश्लेषकहरू बताउँछन्। 

यसरी घटेको बजार पुनः नयाँ आउने मौद्रिक नीतिको भरमा रहेको सेयर बुझाइ विश्लेषकहरूको छ। मौद्रिक नीतिबाट ४/१२ को विषय सम्बोधन भएको अवस्थामा बजारमा पुन: उत्साह सुरु हुने विश्लेषकहरू बताउँछन्।

मौद्रिक नीति ल्याउँदा सीडीलाई सीसीडी रेसियो बनाइदिन हो भने पनि बजारमा उत्साह आउने विश्लेषक छोटेलाल रौनियार बताउँछन्। अथवा सीडी रेसियोलाई बढाएर ९५ प्रतिशत बनाउँदा हुने उनको भनाइ छ। सेयर लोनको रिक्स फ्याक्टर १५० गरिएकोमा यसलाई सयमा नै झार्नुपर्ने उनको भनाइ छ। 

यसअघि पनि उच्च बिन्दुमा पुगेर बियरिसमा झरेपछि बजारले नयाँ उचाइ लिन समय लागेको थियो। नेप्से परिसूचक २०७३ साउनमा त्यस समयको उच्च बिन्दु १८८१.४५ मा पुगेपछि बजारले बियरिस ट्रेन्ड समातेको थियो। ओरालो लागेको बजार २०७६ मंसिर १० गते ११०२.४७ अंकसम्म झरेको थियो।

यसअघिका अनुभवले बियरिस ट्रेन्ड समाप्त भएपछि बजार केही समय स्थिर भएरमात्र बुलिस ट्रेन्डतर्फ अघि बढ्छ, जुन अंग्रेजी वर्णमालाको ‘यू’ आकारमा अघि बढ्ने गरेको छ। २०५२ मा उच्चतम बिन्दुमा पुगेर सुरु भएको बियरिस ट्रेन्ड २०५४ सम्म, २०५७ को २०५९ सम्म र २०६५ को २०६८ सम्म चलेको थियो। यसैले अहिलेको उचारचढावको स्थिति सकिएर नयाँ उच्च बिन्दुतर्फ बढ्न नियामकीय साथसँगै केही समय लाग्ने विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : शुक्रबार, असार ३१ २०७९०८:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend