शनिबार, वैशाख १३ गते २०८२    
शनिबार, वैशाख १३ २०८२
images
images

लय खोजिरहेको सेयर बजारमा देखियो लगातार तेस्रो दिन वृद्धि

तीन दिनमा ८५.९३ अंकले बढ्यो

images
बिहीबार , असार ३० २०७९
images
लय खोजिरहेको सेयर बजारमा देखियो लगातार तेस्रो दिन वृद्धि
images
images

काठमाडौं- उतारचढाव भइरहेको सेयर बजारमा लगातार तीन दिन वृद्धि देखिएको छ। बजारमा थामिने आधार नभेटेर निराश भएका लगानीकर्ता तीन दिनमा देखिएको सुधारपछि केही विश्वस्त देखिएका छन्। पछिल्लो तीन दिनमा बजार ८५.९३ अंकले बढेको छ।

images
images
images

यो साताको पहिलो कारोबारमा सोमबार ७७.०१ अंकको गिरावट आएको बजारमा त्यसपछिका तीन कारोबारमा हरियाली देखिएको हो। मंगलबार उतारचढावका बीच ११.६८ अंकले बढेको बजार बुधबार ५९.५४ अंकले बढेर १९८६.८२ बिन्दुमा पुगेको थियो। 

images
images

बिहीबार पनि बजार १४.७१ अंकले बढेर २००१.५३ बिन्दुमा पुगेको छ। बिहीबार २ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको छ। 

images
images

बजारमा लगानीकर्ताका लागि विश्वासयोग्य वातावरण नबन्दा बजारले थामिने बिन्दु भेट्न मुस्किल भइरहँदा लगातार तीन दिन सुधार देखिएको हो। तीन दिनमा सकारात्मक देखिए पनि अहिलेको परिस्थितिमा बजार अझै केही समय यस्तै तलमाथि भइरहने र ठूलो परिवर्तन नहुने विश्लेषकहरू बताउँछन्।

लगानीकर्ताहरू विशेष गरी साउन पहिलो साता आउने मौद्रिक नीतिको पर्खाइमा देखिन्छन्। यसअघि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर लगानीकर्ताले एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड तथा सबै बैंक तथा वित्तीय संस्था गरेर १२ करोडभन्दा बढी ऋण लिन नपाइने व्यवस्था गरेको थियो। उक्त व्यवस्था हट्नुपर्ने माग संगठित लगानीकर्ताहरूको छ। 


प्रकाशित : बिहीबार , असार ३० २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend