शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

हुन्डाईले दक्षिण कोरियामा पहिलो विद्युतीय कार प्लान्ट बनाउने

बुधबार, असार २९ २०७९
हुन्डाईले दक्षिण कोरियामा पहिलो विद्युतीय कार प्लान्ट बनाउने

हुन्डाईले २०२५ सम्म विद्युतीय कार उत्पादनका लागि ४८.१ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरिसकेको छ।

काठमाडौं- विश्वभरका ठूला कार उत्पादक कम्पनीहरुले धमाधन विद्युतीय सवारी उत्पादनमा ठूलो लगानी गरिरहेका छन्। त्यसमा दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाई मोटर ग्रप पनि अग्रपंक्तिमा छ। 

हुन्डाईले २०२५ सम्म विद्युतीय कार उत्पादनका लागि ४८.१ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरिसकेको छ। यो लगानी हुन्डाई मोटर ग्रुपअन्तर्गतको हुन्डाई मोटर र किया कर्प ब्रान्डबाट उत्पादन हुने विद्युतीय कारमा हुनेछ। 

यही लगानी योजना अन्तर्गत हुन्डाईले पहिले पटक कोरियामा विद्युतीय कारका लागि छुट्टै प्लान्ट स्थापना गर्ने भएको छ। अहिलेसम्म हुन्डाईले उत्पादन गर्दै आएका विद्युतीयर पुरानै प्लान्टबाट उत्पादन भइरहेका छन्। 

हुन्डाईले कोरियामा बनाउने विद्युतीय कारको प्लान्ट पहिलो हुनेछ। सो प्लान्टबाट कति कार उत्पादन हुने, अति क्षेत्रफलमा बन्नेलगायत कुरा भने कम्पनीले खुलाएको छैन। कोरियामा बन्ने विद्युतीय कार प्लान्टबाट २०२५ देखि कार उत्पादन हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

कोरियाको सबैभन्दा ठूलो कार उत्पादक कम्पनी हुन्डाई मोटरले कोरियामा सन् १९९६ मा पछिल्लो पटक प्लान्ट स्थापना गरेर कार उत्पादन गर्दै आएको थियो। 

हुन्डाई मोटरले गएको मेमा अमेरिकाको जर्जियामा ब्याट्री उत्पादन प्लान्ट स्थापना गर्ने बताएको थियो। सो प्लान्टमा ५.५ अर्ब डलर लगानी गर्ने कम्पनीको भनाइ थियो। त्यस्तै हुन्डाईले अमेरिकामै विद्युतीय कार समेत उत्पादन गर्ने बताएको छ। अमेरिकामा स्थापना हुने प्लान्टबाट पनि २०२५ देखि विद्युतीय कार उत्पादन हुने उसको भनाइ छ।

हुन्डाईका जीवास्म इन्धन कारसहित विद्युतीय कार समेत नेपाली बजारमा उपलब्ध छन्। हुन्डाईको कोना विद्युतीय कार नेपाली बजारमा चलेको विद्युतीय कारमा पर्छ। त्यस्तै हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले अर्को विद्युतीय कार आयोनिक फाइभ समेत ल्याइसकेको छ। निक्कै आकर्षक र राम्रो माइलेज दिने यो कार पनि नेपाली उपभोक्ताको रोजाइमा रहेको छ। 

राम्रो बजार हिस्सा रहेको भारतमा भने हुन्डाई ब्रान्डमा तत्काल विद्युतीय कार उत्पादन हुने बारे कम्पनीले केही बताएको छैन। तर किया कर्पले भने भारतमा विद्युतीय कार उत्पादनको तयारी गरिरहेको छ। 


प्रकाशित : बुधबार, असार २९ २०७९०४:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend