शनिबार, वैशाख १३ गते २०८२    
शनिबार, वैशाख १३ २०८२
images
images

'लघुवित्तहरू गुणस्तर सुधारमा लाग्नुपर्छ'

राष्ट्बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले भने - तपाईंहरू माइक्रोफाइनान्स हो, माइक्रो नै भएर बस्नुस्, म्याक्रो बन्न नखोज्नुस्

images
मंगलबार, असार २८ २०७९
images
'लघुवित्तहरू गुणस्तर सुधारमा लाग्नुपर्छ'
images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले लघुवित्तहरूले यो समय गुणस्तर सुधारका काम गर्नुपर्ने बताएका छन्। 

images
images
images

माइक्रोफाइनान्स एसोसिएसन अफ नेपालको मौद्रिक नीतिसम्बन्धी छलफलमा कार्यकारी निर्देशक श्रेष्ठले अहिले तरलताको अभाव भएकाले लघुवित्त कम्पनीहरूले व्यवसाय विस्तार गर्न नसक्ने बताए । 'तरलता माग्दैमा आउने कुरा होइन। कम्पनीहरूको गुणस्तर छैन, ग्राहकको सुरक्षा छैन भन्ने अध्ययनहरूले देखाएका छन्। यो बेला गुणस्तर सुधार गर्नेतिर लाग्नुपर्छ, त्यसका लागि यो अवसर हुनसक्छ' उनले भने।

images
images

अहिले प्रणालीलाई जोगाउने बेला भएको भन्दै उनले भने- 'त्यसो हुँदा रिकभरीमा लाग्नुपर्छ। कर्जा दुरुपयोग भयो कि त्यसमा सुधार गर्नुस्।यो माइक्रोफाइनान्स हो, त्यसो हुँदा माइक्रो भएर बस्नुस्, म्याक्रो बन्न नखोज्नुस्। समस्या भनेका कुरा तपाईंको वासलातमा देखियो वा सेयरको मूल्यमा देखियो भने बल्ल मान्छेहरूले पत्याउँछन्।'

images
images

वित्त नीति र मौद्रिक नीतिबीच 'कन्फ्युजन' भएको उनले बताए। 'सबैथोक आउन थाल्यो? परम्परागत रूपमा यस्तो हुँदैनथ्यो,' उनले भने । 

'स्रोत साधन परिचालन गरेका संस्था मात्र दीगो हुन्छ'

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. भरतसिंह थापाले स्रोत साधन परिचालन गरेका संस्था मात्र दीगो हुने बताए। 

'जुन संस्थाले आफ्नो स्रोत साधन परिचालन गरेका छन्, तिनै दीगो छन्। सन् २०१० मा आन्द्र प्रदेशमा भएको आन्दोलन जस्तो समस्या आउन सक्छ, त्यसैले बेलैमा सचेत बनौँ' उनले भने। 

यस्तै प्राध्यापक नरहरि ढकालले लघुवित्त सेल्फ रेगुलेटेड हुनुपर्ने बताए। 'अहिले त अनुशासनहीनताको पराकाष्ठा छ। ग्राहक- संरक्षणको सिद्धान्तलाई पालना गर्नुपर्छ। वित्तीय साक्षरतालाई ध्यान दिनुपर्छ। १५ प्रतिशत ब्याज कम कि बढी? बुझाउनुपर्ने हुन्छ' उनले भने। 

ऋण दिन मात्र केन्द्रित हुन नहुने भन्दै उनले भने- 'ऋण मात्र दिने होइन, सदुपयोग गर्नेतर्फ ध्यान दिनु पर्छ। कारबाही हुने भयो भने काम गर्ने नत्र छाडा हुने देखिन्छ। लघुवित्त कोष संस्थागत गर्नुपर्ने हुन्छ। ब्याजमा क्याप अन्त कहीँ छैन, त्यसैले हटाउनुपर्छ।'


प्रकाशित : मंगलबार, असार २८ २०७९१२:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend