शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

पुष्प व्यवसायले अझै लय लिन सकेन

images
शनिबार, असार २५ २०७९
images
पुष्प व्यवसायले अझै लय लिन सकेन

कोरोना महामारीका समयमा भन्दा केही गतिविधि बढे पनि विगतको झैं लय लिन नसकेको  फ्लोरीकल्चर एशोसिएसनका अध्यक्ष मीनबहादुर तामाङको भनाइ छ। 

images
images

काठमाडौं- कोरोना महामारीका कारण विगत दुई वर्षसम्म घाटाको सामना गरिरहेको पुष्प व्यवसायले अझै पनि लय लिन सकेको छैन। 

images
images
images

महामारी पहिलो, दोस्रो र तेस्रो चरणसम्म आइपुग्दा पुष्प व्यवसायीले कठिन अवस्थाको सामना गर्नुपरेको थियो। खुसी र विभिन्न उत्सवमा बढी प्रयोग हुने फूल कोरोना महामारीका कारण त्यस्ता गतिविधि ठप्प भएपछि यसको कारोबार पनि नगण्य भएको थियो। पुष्प व्यवसायीका अनुसार फूलको व्यापार भने आशाअनुरुप हुन सकेको छैन।

images
images

कोरोना महामारीका समयमा भन्दा केही गतिविधि बढे पनि विगतको झैं लय लिन नसकेको  फ्लोरीकल्चर एशोसिएसनका अध्यक्ष मीनबहादुर तामाङको भनाइ छ। 

images
images

व्यवसायीमा कारोनाको त्रास कायमै रहेकाले लगानी गर्ने वातावरण नबन्दा उत्पादनमा पनि कमी आएको छ। अर्कोतिर अहिले भएको आर्थिक मन्दीका कारण यस व्यवसायले अझै आम्दानीतर्फ फड्को मार्न नसकेको अध्यक्ष तामाङ बताउँछन्। आर्थिक कारोबार कम भएकै कारण चालु आर्थिक वर्षमा तीन अर्ब रुपैयाँको कारोबारको लक्ष्य लिएको यस व्यवसायमा दुई अर्ब रुपैयाँको मात्र कारोबार हुने अवस्था छ।   

हाल नेपालमा खपत हुने फूलमध्ये ९१ प्रतिशत नेपालमै उत्पादन हुन्छ भने अझै पनि नौ प्रतिशत फूल विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको अध्यक्ष तामाङले जानकारी दिए। पछिल्ला वर्षमा सयपत्री फूलमा पनि देश आत्मनिर्भर हुँदै गएको छ।

मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरीमध्ये केही सयपत्री फूलको मालामात्रै भारतबाट ल्याउने गरिएको छ। अन्य समयमा प्रयोग हुने फूलमा भने देश आत्मनिर्भर भइसकेको छ।

कात्तिकदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ। फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ।

नेपालमा हाल व्यावसायिकरूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ। नेपालमा झण्डै १५७ हेक्टरमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन्। रासस


प्रकाशित : शनिबार, असार २५ २०७९१०:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend