शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

पूर्वकार्यालय प्रमुखले बरबुझारथ नगर्दा काममा समस्या

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार २४ २०७९
images
पूर्वकार्यालय प्रमुखले बरबुझारथ नगर्दा काममा समस्या

मन्त्रालयले हटाएपछि पनि वैद्यखानाको कार्यालय प्रमुखका कक्षका टेबुल, दराजका साँचो भने सबरी साहले नै लगाएर हिँडेका छन्। 

images
images

काठमाडौं- सिंहदरबार वैद्यखाना विकास समितिका पूर्वनिमित्त कार्यकारी निर्देशक डा सबरी साहले नयाँ कार्यालय प्रमुखलाई बर बुझारथ नगर्दा कार्यालयको दैनिक कार्यसञ्चालनमा समस्या भएको छ।

images
images
images

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णयअनुसार असार १३ गतेदेखि समितिको निमित्त कार्यकारी निर्देशकमा डा श्यामबाबु यादव नियुक्त भई कार्यालयमा गएर काम गर्दै आएका छन्। यादवलाई साहले कार्यालयको बरबुझारथ नगर्दा काममा समस्या भएको हो। मन्त्रालयले हटाएपछि वैद्यखानाको कार्यालय प्रमुखका कक्षका टेबुल, दराजका साँचो भने साहले नै लगाएर हिँडेका छन्। 

images
images

'टेबलका घर्रा, दराज सबै बन्द छ, पूर्वकार्यालय प्रमुखले केही कुरा पनि बुझाउनुभएको छैन, धेरै मानिस विभिन्न पत्र खोज्दै आउनुहुन्छ, म आफैँले त्यस विषयमा बरबुझारथ गर्न नपाएकाले कार्यालय सञ्चालनमा केही समस्या भएको छ, चार महिनादेखि बन्द भएको उत्पादन सञ्चालन गरेको छु, चार महिनादेखि तलब नपाएका कर्मचारीलाई तलब खुवाएको छु', नवनियुक्त निमित्त कार्यकारी निर्देशक यादवले भने।

images
images

तोकिएन सूचना अधिकारी

कार्यालयमा सूचनाको हकसम्बन्धी ऐन २०६४ र नियमावली २०६५ अनुसार सूचना अधिकारी नियुक्त नगर्दा पनि समस्या आएको छ। सूचना माग गर्दै नागरिकका निवेदन आउन थालेपनि सूचना अधिकारी नतोक्दा समस्या भएको हो। पूर्वकार्यालय प्रमुखले सूचना अधिकारी तोकेको नपाइएकाले केही दिनमै तोक्ने गरी तयारी गरिएको उनले बताए। 

सूचना अधिकारी नतोकिएका कारण सूचना माग गरेर आउने निवेदन कार्यालयमा दर्ता हुँदैन। यादव निमित्त कार्यालय प्रमुख भएर आएको केही दिनमै त्रिफला उत्पादन सुरु गरेको समितिले हाल षडबिन्दु तेल र गुग्गुल पनि उत्पादन गर्न थालेको छ। गुग्गुल करिब २५ वटा अन्य औषधि बनाउनसमेत उपयोग गर्ने गरिएको छ। अन्य उत्पादन पनि केही दिनमै सुरु गर्ने गरी तयारी भएको जनाइएको छ। रासस


प्रकाशित : शुक्रबार, असार २४ २०७९१३:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend