शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

हिरो स्प्लेन्डरजस्तै देखिने नयाँ विद्युतीय मोटरसाइकल, १४० किलोमिटर रेन्ज

शनिबार, असार २५ २०७९
हिरो स्प्लेन्डरजस्तै देखिने नयाँ विद्युतीय मोटरसाइकल, १४० किलोमिटर रेन्ज

एडीएमएस बक्सर नाम दिइएको सो मोटरसाइकलले एक पटकको फुल चार्जमा १ सय ४० किलोमिटर माइलेज दिनेछ।

काठमाडौं- भारतको बैंलोरमा रहेको स्टार्टअप कम्पनीले नयाँ विद्युतीय मोटरसाइकल सार्वजनिक गरेको छ।

एडीएमएस कम्पनीले हिरोको स्प्लेन्डरजस्तै देखिने विद्युतीय मोटरसाइकल ल्याएको हो। बैंलोरमै भएको तेस्रो संस्करणको ग्रिन भेहिकल एक्सपोमा उक्त मोटरसाइकल सार्वजनिक भएको हो। 

एडीएमएस बक्सर नाम दिइएको सो मोटरसाइकलले एक पटकको फुल चार्जमा १ सय ४० किलोमिटर माइलेज दिनेछ। एडीएमएसले विभिन्न मोडमा चलाउन मिल्ने गरि विद्युतीय मोटरसाइकल बनाएको छ।

बक्सरसँगै कम्पनीले अर्को एडीएमएस टीटीएक्स विद्युतीय मोटरसाइकल पनि ल्याएको छ। यो मोडलमा १५ सय वाटको ब्याट्री हुने र यसले १ सयदेखि १२० किलोमिटर रेन्ज दिने कम्पनीको भनाइ छ। 

बक्सर विद्युतीय मोटरसाइकलको स्पेसिफिकेसन बारे जानकारी नगराएपनि यो मोटरसाइकलको मूल्य भने १ लाख २० हजार भारुबाट सुरु हुनेछ। बक्सरमा भएको हेडलाइट, फ्युल ट्यांक, मड गार्ड, सिट डिजाइन, ह्यान्डललगात विशेषता हिरो स्प्लेन्डरसँग पुरापुर मिल्दोजुल्दो छ। 

बक्सरमा हिरो स्प्लेन्डरमा रहेको जस्तै इन्ट्रुमेन्ट क्लस्टर छ। यो मोटरसाइकल देख्दा निक्कै आकर्षक र चल्ने अनुमान गरिएको छ। भारतमा हिरोको स्प्लेन्डर अत्याधिक बिक्री हुने मोटरसाइकलमा पर्दछ। त्यसैले कम्पनीले स्प्लेन्डरकै लुक्स र डिजाइनमा मोटरसाइकल बनाएको हुनुपर्छ। 

स्प्लेन्डरमा रहेको इन्धन ट्यांकमा बक्सरमा भने चार्जिङ पोर्ट राखिएको छ। कम्पनीले मोटरसाइकलमा कस्तो ब्याट्री प्याक हुने भन्नेबारे खुलाएको छैन। एडीएमएस बक्सरमा भएको विशेषता र मूल्यका कारण भारतीय उपोक्ताको रोजाइमा पर्ने अनुमान भारतीय सञ्चार माध्यमहरुले गरेका छन्। 


प्रकाशित : शनिबार, असार २५ २०७९०३:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend