शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

महिन्द्राको पहिलो विद्युतीय एसयूभी 'एक्सयूभी ४००' तीन महिनामा आउने

शुक्रबार, असार २४ २०७९
महिन्द्राको पहिलो विद्युतीय एसयूभी 'एक्सयूभी ४००' तीन महिनामा आउने

त्यसरी लगानी जुटाउने क्रममा महिन्द्राले नयाँ ४ वटा विद्युतीय कार उत्पादन गर्ने बताएको थियो।

काठमाडौं- भारतीय सवारी उत्पादक कम्पनी महिन्द्रा एन्ड महिन्द्राले पनि विद्युतीय सवारी उत्पादनलाई प्राथमिकता दिने नीति लिएको छ। कम्पनीले आगामी ५ वर्ष भित्र ५ वटा विद्युतीय कार बजारमा ल्याइसक्ने बताएको छ। 

त्यही योजनाअन्तर्गत आगामी सेप्टेम्बरमा महिन्द्राले नयाँ विद्युती कार ईएक्सयूभी ४०० सार्वजनिक गर्ने भएको छ। यो महिन्द्राको पहिलो विद्युतीय एसयूभी हुनेछ। 

हाल बिक्री भइरहेको आइसी इन्जिनयुक्त एक्सयूभी ३०० मा आधारित र स्याङयोङ टिभोलीबाट प्रभावित भएको एक्सयूभी ४०० विद्युतीय एसयूभी बजारमा आउन लागेको हो। ईएक्सयूभी ४०० एक पटकको फुल चार्जमा ३ सय किलोमिटर कुद्ने अनुमान गरिएको छ। यो कारले टाटा नेक्सन ईभीसँग प्रतिस्पर्धा गर्ने छ। जुन कार अहिले भारतको सबैभन्दा धेरै बिक्री हुने विद्युतीय कार हो। 

महिन्द्राले विद्युतीय कार उत्पादनलाई बढाउन १ अर्ब अमेरिकी डलर लगानी गर्ने बताएको छ। महिन्द्राले हालै बेलायतमा भएको ब्रिटिश इन्टरनेसनल इन्भेस्टमेन्टमा ७० हजार करोड मूल्यांकनमा १९ सय २५ करोड भारु लगानी प्रतिवद्धता जुटाएको छ।

त्यसरी लगानी जुटाउने क्रममा महिन्द्राले नयाँ ४ वटा विद्युतीय कार उत्पादन गर्ने बताएको थियो। महिन्द्राले बनाएको ईभी कम्पनीमा उक्त लगानी गरेबापत लगानीकर्तालाई २.७४ देखि ४.७६ प्रतितशसम्म सेयर दिनेछ। 

महिन्द्राले इटूओ, इभेरियोलगायत विद्युतीय कार उत्पादन गर्दै आएको छ। यी कार नेपाली बजारमा समेत उपलब्ध रहेका छन्। अब भने कम्पनीले एसयूभी सेगमेन्टका विद्युतीय कार उत्पादनलाई प्राथमिकता दिनेछ। त्यहीअनुसार ईएक्सयूभी ४००, ईकेयूभी १०० लगायतका कार उत्पादनको अन्तिम तयारीमा कम्पनी छ। 

भारतमा सार्वजनिक भएलगत्तै यी विद्युतीय कार नेपाली बजारमा समेत आउने छन्। महिन्द्रा इटूओ नेपाली बजारमा राम्रो बिक्री हुने सानो आकारको विद्युतीय कार हो।  


प्रकाशित : शुक्रबार, असार २४ २०७९११:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend