शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

ललितपुरमा जीडब्लूएमले सञ्चालनमा ल्यायो अत्याधुनिक सर्भिस सेन्टर 

शुक्रबार, असार २४ २०७९
ललितपुरमा जीडब्लूएमले सञ्चालनमा ल्यायो अत्याधुनिक सर्भिस सेन्टर 

हाल नेपाली बजारमा ग्रेटवाल मोटर्सका हाभाल, पावरका विभिन्न मोडलका एसयूभी तथा पिकअप गाडी उपलब्ध रहेका छन्।

काठमाडौं- ग्रेटवाल ब्रान्डका सवारीसाधनकोे बिक्री पछिको सेवा उपलब्ध गराउन कम्पनीले अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। कम्पनीले ललितपुरको चाकुपाटमा हालैबाट विश्वस्तरीय सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो। 

नयाँ सेन्टरबाट बिक्री पछिका सबै सेवा/सुविधाहरु उपलब्ध हुने ग्रटेवाल मोटर्स (जीडब्लूएम)को नेपालका लागि आधिकारिक बिक्रेता भीजी इम्पेक्सले जनाएको छ। कम्पनीले १५ हजार स्क्वार फिटभन्दा बढी क्षेत्रफलमा फैलिएको अत्याधुनिक पूर्वाधार सहितको यो सर्भिस सेन्टरले मासिक ६ सयभन्दा बढी गाडीलाई सेवा दिन सक्ने जनाएको छ। 

सर्भिस सेन्टरसँगै पर्याप्त मौज्दात सहितको स्पेयर पार्टस आउटलेटसमेत सञ्चालनमा आएको हो। सर्भिस सेन्टरमा हाई-टेक उपकरण र तालिम प्राप्त प्रविधिक एवं दक्ष तथा अनुभवी टेक्निसियनको व्यवस्था मिलाइएको कम्पनीको भनाइ छ। साथै ग्राहकको सहजताका लागी आरामदायी कस्टुमर लाउन्जसमेत सर्भिस सेन्टरमा उपलब्ध छ। 

कम्पनीका उपाध्यक्ष रुपेश शर्मा भट्टका अनुसार यो सर्भिस सेन्टर सञ्चालनमा आएसँगै ग्रेटवालका उपभोक्ताले सहज र प्रभावकारी सेवा पाउनेछन्। ‘ग्रेटवाल ब्रान्डको गाडी प्रयोग गर्नुहुने ग्राहकलाई गाडीको आयु रहुन्जेल बिक्री पछिको सेवा पाउनेमा निर्धक्क हुने वातवरण बनेको छ। हामी गाडीको स्वमित्व अवधिभर हेरचाह गर्ने सुनिश्चितता व्यक्त गर्दछौ,’ उनले भने।

gwm service bay.jpg

फराकिलो सर्सिस सेन्टरमा गाडी सर्भिसका लागि ६ वटा वेहरु छन् भने उपभोक्ताले आफ्नो गाडी मर्मत भइरहेको हेर्न सक्ने गरि सुविधासम्पन्न लाउन्ज बनाइएको भट्टले बताए। ‘विश्वस्तरीय गुणस्तर र विलाशी कार उपलब्ध गराएका छौं,’ उनले भने, ‘अब हामी ल्यही अनुसारको सर्भिससमेत उपलब्ध गराउन सक्षम भएका छौं।’ 

काठमाडौंमा सर्भिस सेन्टर सञ्चालनमा आएसँगै भीजी इम्पेक्सले अब उपत्यका बाहिरका मुख्य सहरहरुमा सोरुम तथा सर्भिस सेन्टरको विस्तारलाई तीब्रता दिने जनाएको छ। 

सर्भिस सेन्टरमा टू र फोर पोष्ट लिफ्ट, ह्विल अलाइनर, व्यालेन्सर, डाइग्नोस्टिक उपकरणलगायत आवश्क पर्ने अन्य सम्पूर्ण उपकरणहरु जडान गरिएको छ। एउटा आधुनिक र सुविधा सम्पन्न सर्भिस सेन्टरका लागी आवश्यक पर्ने सम्पूर्ण सुविधाहरु उपलब्ध रहेको सर्भिस उप-महाप्रवन्धक अजित पटेलले जानकारी दिए। उनका अनुसार एउटा आधुनिक गाडीमा ग्राहकले खोज्ने विश्वस्तरीय सेवा उपलब्ध गराउन सर्भिस सेन्टर सदैव तत्पर रहेको छ। 

हाल नेपाली बजारमा ग्रेटवाल मोटर्सका हाभाल, पावरका विभिन्न मोडलका एसयूभी तथा पिकअप गाडी उपलब्ध रहेका छन्। त्यस्तै गरि ग्रेटवालकै विद्युतीय कार ब्रान्ड ओरासमेत उपलब्ध रहेको छ। योसँगै कम्पनीले अन्य विभिन्न मोडलका कार उपलब्ध गराउँदै जाने बताएको छ। 


प्रकाशित : शुक्रबार, असार २४ २०७९०९:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend