शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

उत्पादन बढाउँदै मारुती सुजुकी

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज १२ २०७८
उत्पादन बढाउँदै मारुती सुजुकी

सुजुकीले भारतमा कम्पोनेन्टहरुको उपलब्धता सहज भएको भन्दै कम्पनीले कार तथा एसयूभी १ लाख ६० हजारदेखि १ लाख ८० हजार वटासम्म उत्पादनका लागि तयार भएको जनाएको छ। 

काठमाडौं- बिक्री संख्याका आधार भारतको सबैभन्दा ठूलो कार उत्पादक मारुती सुजुकीले अक्टोबरदेखि उत्पादन बढाउने भएको छ। सुजुकीले भारतमा कम्पोनेन्टहरुको उपलब्धता सहज भएको भन्दै कम्पनीले कार तथा एसयूभी १ लाख ६० हजारदेखि १ लाख ८० हजार वटासम्म उत्पादनका लागि तयार भएको जनाएको छ। 

चिप अभावका कारण कार उत्पादनमा निक्कै कमी आएको छ। चाडपर्वको सिजनमा कारको माग उल्लेख्य रुपमा बढेपनि उत्पादन भने चिप अभावले कटौटी भइरहेको छ। तर मारुती सुजुकीले मासिक १ लाख ८० हजार वटासम्म कार उत्पादनका लागि आवश्यक चिपको आपूर्ति मिलाएको जनाएको छ। 

मारुती सुजुकीले जुन उत्पादनको लक्ष्य राखेको छ उक्त लक्ष्य भेट्न अक्टोबारमा सेप्टेम्बरको तुलनामा ६० देखि ८० प्रतिशतसम्म उत्पादन बढाउनु पर्छ। सेप्टेम्बरमा मारुती सुजुकीले करिब १ लाख कार उत्पादन ष्र्ने अनुमाान गरिएको छ।

नेपाली बजारमा सुजुकीका कार उपलब्ध हुँदै आएको छ। चौधरी समूह अन्तर्गतको सीजी मोटोकर्पले सुजुकीका कार बिक्री उर्दै आएको छ। 


प्रकाशित : मंगलबार, असोज १२ २०७८०७:०३
  • सम्बन्धित विषय:

  • # मारुती सुजुकी
  • # सीजी माेटाेकर्प
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend