शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

संसदमा अर्थमन्त्रीकै प्रश्न - के कारणले म अनैतिक भएँ?

'कुन सीसीटीभी क्यामराको क्षमता कति भन्ने मलाई कसरी थाहा हुन्छ?'

images
बुधबार, असार २२ २०७९
images
संसदमा अर्थमन्त्रीकै प्रश्न - के कारणले म अनैतिक भएँ?
images
images

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले बुधबारको प्रतिनिधिसभामा बैठकमा के कारणले आफू अनैतिक भएँ भन्दै प्रश्न राखेका छन्। 

images
images
images

अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै उनीमाथि प्रश्न उठिरहँदा संसदमा उनले आफूले त्यस्तो कुनै गैरकानूनी काम नगरेको बताएका छन्। 

images
images

'अर्थमन्त्रीको हैसियतले मैले विषय राखिरहँदा मप्रति उठेका विषयको जवाफ दिने मेरो दायित्व हो। मैले संसदमा आएर बोल्नै नपाउने नैतिकता के कारणले गुमाएँ? के कारणले म अनैतिक भएँ? अहिले जे देखियो पूर्वाग्रहको पराकाष्ठा हो' उनले भने। 

images
images

'छानबीन समिति बनिसकेको छ। यहाँ सैनिक नेतृत्वले जसरी दोषि करार गर्नु लोकतन्त्र हो? यो राजनीतिक पूर्वाग्रह हो' नेकपा एमालेले उनको राजीनामा माग गरेर संसद बहिष्कार गरेकोतर्फ इङ्‍गित गर्दै उनले भने। समामुखले अर्थमन्त्रीलाई बोल्न समय दिएसँगै एमालेका सांसदहरू संसद बहिष्कार गरेर निस्किएका थिए। निर्धारित समयभन्दा ५ घण्टा ढिला गरी सुरू भयो प्रतिनिधिसभा बैठकमा एमालेले अर्थमन्त्रीको जवाफ नसुन्ने भन्दै विरोध गरेको हो।

एमाले सचिव योगेश भट्टराईले भने- ‘संसदीय समितिले दोष छ कि छैन भनेर छान्ने होइन। उहाँ स्वत दोषी प्रमाणित हुनुहुन्छ।’

'उहाँहरूले मागेको राजीनामालाई म सम्मान गर्छु तर सत्यको गहिराइमा पुग्नैपर्छ। मैले बजेट निर्माण गर्दा कुनै गल्ती गरेको छैन। यो सच्चाइलाई कसैले पनि झुटा सावित गर्न सक्दैन। करको दर हेरफेर गर्ने सम्बन्धमा अर्थ मन्त्रालयका त्यससँग सम्बन्धित कर्मचारीसँग मात्रै कुरा गरेको हुँ। मैले चिन्ने मेरा सचिवहरूलाई हो मैले निर्देशन दिने उहाँहरूलाई हो। मेरो निर्देशनमा उहाँहरूले काम गर्नुभएको छ। त्योबाहेक जसरी अरु कथाहरू बुनिएको छ' उनले भने। 

छानबीनका लागि संसदीय समिति गठन भएकोप्रति आभार र स्वागत व्यक्त गर्ने भन्दै उनले भने- 'कुन सीसीटीभी क्यामराको क्षमता मलाई कसरी थाहा हुन्छ? यहाँ अहिले भएको सीसीटीभीबारे कति सांसदलाई थाहा होला? मैले कसरी त्यसको जवाफदेहिता लिन सक्छु। मलाई त्यसको ज्ञान पनि छैन र डिलिट गर्नु पनि छैन।'


प्रकाशित : बुधबार, असार २२ २०७९१०:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend