शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

६ वटा पांग्रा भएको १ हजार किलोमिटर रेन्ज दिने हाइपर विद्युतीय कार

बुधबार, असार २२ २०७९
६ वटा पांग्रा भएको १ हजार किलोमिटर रेन्ज दिने हाइपर विद्युतीय कार

कारको प्रोटोटाइप २०२६ मा आउने र उत्पादित मोडल २०२६ मा कार बजारमा आउने छ। डिनेसीको पहिलो उत्पादन डिपस्पेस भने बुक भइसकेको कम्पनीले जनाएको छ। 

काठमाडौं- सामान्यतया कारमा चार पांग्रा हुन्छन्। तर एउटा यस्तो सुपर कार बनेको छ जसमा ६ वटा पांग्रा रहेका छन्। अमेरिकाको टेस्ससमा रहेको एक कम्पनीले ६ पटा पांग्रा भएको विद्युतीय हाइपर कार बनाएको छ। 

हिनेसी नामक कम्पनीले गत वर्षको डिसेम्बरमा कारको कन्सेप्ट तयार गरेको थियो भने अहिले उक्त कारको थप डिटेल सार्वजनिक भएको छ। कम्पनीले उत्पादन गर्ने उक्त विद्युतीय हाइपर कारको नाम डिपस्पेस राखिएको छ।

सो कारको उत्पादन २०२६ देखि सुरु गरिने छ भने यसको मूल्य करिब ३० लाख अमेरिकी डलर पर्ने अनुमान गरिएको छ। 

सो सुपर कार एक पटकको फुल चार्जमा १ हजार किलोमिटर कुद्ने कम्पनीका सीईओ जोन हिनेसीले बताएका छन्। उक्त कार ३ सय २२ किलोमिटर प्रतिघण्टासम्म कुद्ने दाबी कम्पनीले गरेको छ। 

६ वटा विद्युतीय मोटर रहने सो हाइपर कारमा करिब २४ सय एचपी पावर हुनेछ। डिपस्पेस प्रोजेक्ट अन्तर्गत निर्माण भइरहेको सो कार निक्कै तीब्र गतिमा कुद्ने र शक्तिशाली रहेको कम्पनीले जनाएको छ। 

यो कार हाल उत्पादनमा रहेका कुनैपनि कार भन्दा फरक हुनेछ। सो विद्युतीय कार यति विलाशी हुनेछ कि निजी विमानको सरह विलाशी हुने दाबी कम्पनीका सीईओले नै गरेका छन्। 

हिनेसीले डिपस्पेस कार १ सय ५ वटामात्र उत्पादन गर्ने योजना बनाएको छ। यो कार निक्कै महँगोसमेत रहेको छ। कारको प्रोटोटाइप २०२६ मा आउने र उत्पादित मोडल २०२६ मा कार बजारमा आउने छ। डिनेसीको पहिलो उत्पादन डिपस्पेस भने बुक भइसकेको कम्पनीले जनाएको छ। 


प्रकाशित : बुधबार, असार २२ २०७९०८:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend